काठमान्डौ,१० जेष्ठ//
नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको हो।
महासंघले आजका लागि निर्धारण गरेको नयाँ मूल्य सूचीअनुसार सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको छ।