नव नायिक मनिषा
सानै उमेर देखि नाटक , टेलिफिल्म, चलचित्र हेर्ने गर्दथी । कलकारको अभिनय देखेर आफै खुसी हुन्थे र अभिनय गर्न सिक्थे । उमेर सानै ,बानी चुलबुले थियो भन्छिन् प्रेम बुक चलचित्रकी नायिका मनिषा सापकोटा । काठमाण्डौ धुम्बराहीमा बस्ने मनिषा चलचित्रको छाँयकनका लागी चन्द्रनिगाहपुरमा आईपुगेकि छिन् । हाँस्य टेलिश्रृखला उटपट्ङ्गमा दर्शकलाई हसाउन शुरु गरेकि मनिषाले म्युजिक भिडियोमा समेत अभिनयको अवसर पाईन् । उनले अभिनय गरेको टेलिश्रृखला उटपट्ङ्ग प्रर्दशनको तयारीमा रहेको र चाडै दर्शक माझ आईपुग्ने बताईन् । सानै देखिको रुची कलकारिता क्षेत्र भएकाले यस अवधिसम्म आउन धेरै सर्घष गरी उनी बताँउछिन् । पहिलो पटक चलचित्रमा अभियन गर्ने मौका पाएको छुँ, उनलेल भनिन् अव म त्यहि मनिषा बन्न चाहान्छु जुन सपनामा मैले देखेको छु । दर्शकको साथ र सहयोगले यहाँसम्म आईपुगेको बताँउदै पहिलो चलचित्रलाई माया गर्दिन उनले अनुरोध समेत गरिन् । आमा र बुवा बिचको प्रेम, साथी र भाई त्यति मात्र नभई युवा युवतिको प्रेम यी सवै बिषयबस्तु कथा बनि प्रेम बुक चलचित्र बनेको छ । यस चलचित्रमा धेरै मेहनत गरेकाले पक्कै निकै राम्रो बनेको छ । यस चलचित्र उत्कृष्ट हुने आशा पनि उतिकै छ । अभियन क्षेत्रलाई नै अंगालिसकेकाले पक्कै पनि अन्य चलचित्रको अफर आएमा काम गर्न तयार छु ।
नव नायिका दिपिका थापा
आग्रज कलकारको अभियनबाट प्रेरित भएर कला क्षेत्र रोजे । हरेक अभिनय गर्न सक्ने गुण नै कला क्षेत्रमा हुन्छ । त्यस क्षेत्रमा आफु पनि सवल र अव्वल सावित गर्न अभिनयको अभ्यास शुरु गरको बताँउछिन् ललितपुरको सातदोवाटो बस्ने दिपिका थापा । त्यसपछि नाटकमा अभिनय गर्ने प्रस्ताव आयो र स्वीकार गर्दै अघि बढे । महर्षि, यज्ञ, बालकाव्य लगायतको नाटकको प्रस्तुती दिदै गर्दा टेलिश्रृखला मानव र लौन जाकै लगायतमा अवसर जुट्यो । अभिनयकै क्रममा पहिलो पटक प्र्रेम वुक चलचित्रको छाँयकनमा चन्द्रनिगाहपुर आईपुगे । निकै रमाईलो लागिरहेको छ उनले भनिन् सवैले एक पटक हेर्नु पर्ने चलचित्र बनेको छ । चलचित्रमा काम गर्ने सवैको साथ सहयोग र हौषला पाएको बताउदै दिपिकाले यस्तै साथ र सहयोगको अपेक्षा राखेकि छिन् । दर्शको माया पाए पक्कै पनि अर्को चलचित्रमा समेत देखा पर्ने उनले उद्घोष गरिन् ।