राैतहट/ चन्द्रपुर ५ मा रहेको माउन्ट एभरेष्ट आवासिय मा.वि. मा कार्यरत शिक्षक मनिष विकको शुक्रबार दिउँसो सुमो दुर्घटनामा परि निधनप्रति समवेदनामा प्रकट गर्दै चन्द्रपुर प्याव्सन नगर कमिटीद्वारा आइतबार संगठनमा आवद्व विद्यालयहरूमा विदा दिने निर्णय गरेको छ । प्याव्सन चन्द्रपुर नगर कमिटीको शनिबार बसेको आकस्मिक बैठकले सो निर्णय गरेको अध्यक्ष लोक श्रेष्ठले जानकारी दिनुभयो । मृतक विक लामो समय देखि सो विद्यालयमा कार्यरत हुनुहुन्थ्यो । उनको निधन विद्यालयले एक होनहार शिक्षक गुमाएको विद्यालयका संचालक उमेश बास्कोटाले बताउनुभयो । सदैव सक्रिय र मृदुभाषी विकले चन्द्रपुरकै शैक्षिक क्षेत्रमा अपुरणिय क्षति पुगेको बास्कोटाको भनाइ छ । सो सुमो दुर्घटनामा परेर विक दम्पति सहित ५ जनाले ज्यान गुमाएका थिए ।