रौतहटमा दुइजनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको वृदावन नगरपालिका ९ निवासी २५ वर्षिय पुरुष तथा देवाही गोनाही १ का अर्का ३५ वर्षिय एक पुरुषमा संक्रमण पुष्टि भएको हो । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेनटाइनमा बसेर यहीँ बैशाख ६ गते घर फर्काइएका वृन्दावन नगरपालिकाका पुरुषमा कोरोना संक्रमण देखिएको चन्द्रपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. श्यामबाबु शाहले जानकारी दिनभुयो । उहाँका अनुसार प्रादेशिक ल्याव जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएका उनलाई केन्द्रिय प्रयोगशालामा पुनः परिक्षण गर्दा पोजेटिभ आएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय गौरका निमित्त प्रमुख महेश साहका अनुसार देवाही गोनाहीका संक्रमित पुरुष भने क्वारेनटाइनमै रहेका छन् । अब दुबै संक्रमितहरुको कन्ट्याक ट्रेसिङ्ग गरिने उहाँले बताउनुभयो ।