चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ५ मा रहेको मुनलाइट एकेडेमी चन्द्रनिगाहपुरमा ११ सदस्यीय मुनलाइट एकेडेमी बाल क्लब गठन भएको छ । चन्द्रपुर नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख चन्द्रकला बरालको उपस्थीतीमा भएको भेलाले सो क्लब गठन गरेको हो ।
सो बिद्यालयकी कक्षा आठमा अध्ययनरत सुनम यादबको अध्यक्षतामा ११ सदस्यीय बाल क्लब गठन गरेको सो बिद्यालयका एकेडेमी डाइरेक्टर दिपक घिमिरेले जानकारी दिए ।
बाल क्लबको उपाध्यक्षमा निपसा लामा,सचिबमा सुमिना कार्की,सह सचिबमा अनिष थापा मगर र कोषाध्यक्षमा दिक्षित घिमिरे चयन भएको बिद्यालयका डाइरेक्टर घिमिरेले बताए । यसैगरी सदस्यहरुमा उमंग तिमलसिना,भुवन कार्की,धिरज गुप्ता,सुलक्षण दाहाल र नेबिका पोखरेल रहेको उनले बताए ।
सो बाल क्लबको नाम मुनलाइट एकेडेमी बाल क्लब नामकरण गरिएको समेत घिमिरेले जनाएका छन ।
उक्त बिद्यालयका कक्षा ७,८ र ९ कक्षाका बिद्यार्थीहरुको भेलाले उक्त बाल क्लब गठन गरेको थियो ।