चन्द्रपुर - नेपाल बिद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाको कार्यालय खोज्न सेवाग्राहीलाइ घण्टौ घण्टा समय लागेको पाइएको छ । प्राधिकरणले गौर रोडबाट सारेर पुर्वटोल भित्र गाउमा लगेपछि सेवाग्राहीले सो कार्यालय खोज्न घण्टौ घण्टा समय लागेको हो । चन्द्रपुर नगरपालिका वाड नं. ७ नया बस्तीबाट बिधुत महसुल तिर्न आएका रामबाबु दासले प्राधिकरणको कार्यालय खोज्न करिब १ घण्टा भन्दा बढी समय लागेको गुनासो गरे । कार्यालय खोज्दा खोज्दा हैरान भएका दास शुक्रबार दिउसो १२ बजे पैसा तिर्न पुगे तर पैसा तिर्न भने पाएनन । १२ बजे पछि प्राधिकरणका कर्मचारीले पैसा लिन नमानेपछि उनी पुन घर फर्किएका छन ।
कार्यालय खोज्दा नै १ लिटर पेट्रोल र १ घण्टा समय खर्चनु परेको दासको गुनासो छ ।बल्ल तल्ल कार्यालय भेटियो कर्मचारीले पैसा लिन नमानेको उनको गुनासो छ । दास जस्ता सयौ ग्राहक यस्तै पिडामा छन ।
कार्यालय यहा सारेपछि सेवाग्राहीले सास्ती पाएको आफुले देखिरहेको बिधुत प्राधिकरण चन्द्रनिगाहपुर शाखाका एक कर्मचारीले बताए । सो कार्यालय कर्मचारीहरुको लागी समेत अपायक बनेको उनले बताए ।
सेवाग्राहीको त कुरै छाडौ हामीलाइ नै काम गर्न असहज भएको ति कर्मचारीको गुनासो छ । पहिला पुर्व पश्चिम महेन्द्र राजमार्गमा रहेको सो कार्यालय गौर रोड एक कर्मचारीको नातेदारको घरमा सरेको थियो । अहिले गौर रोडबाट पनि भित्र गाउमा कार्यालय सारेपछि सेवाग्राही अन्यौलमा परेको स्थानिय गोपाल दाहालले बताए ।
सबैभन्दा बढी नागरिक संग प्रत्यक्ष सरोकार र सम्बन्ध राख्ने बिधुत प्राधिकरणको कार्यालय यस्तो भित्री गाउमा ल्याएर राख्दा हजारौ सेवाग्राही मार्कामा परेको दाहाल बताउछन ।
३० रुपैयाको बिलको पैसा तिर्न ६० रुपैया इरिक्सा भाडा तिरेर आउनु पर्ने नागरिकको बाध्यता रहेको दाहालले बताए ।
यस्ता कार्यालय आम नागरिकको पहुच भएको स्थानमा राख्न उनले माग समेत गरेका छन । कर्मचारी अनलाइन मार्फत बिधुत महसुल तिर्न भनेको भएता पनि सबै ग्राहक अनलाइनको पहुचमा नभएको पाइएको छ ।
अनलाइन मार्फत पैसा तिर्नेहरुको पनि प्राधिकरणको सफटवेयरले नदेखाउने गरेको समेत सेवाग्राहीको गुनासो रहेको छ ।
यता प्राधिकरणका कर्मचारीहरुको चरम लापारवाहीका कारण उपभोक्ता मारमा परेकाछन् । दिनमा दर्जनौ पटक फ्याट फ्याट लाईन जाने समस्याका कारण बिद्युत प्रयोग गर्ने उपभोक्ता मारमा परेका हुन । कर्मचारीको चरम लापारवाहीका कारण प्राधिकरणको चन्द्रनिगाहपुर शाखाबाट उपभोक्ताले चर्को गर्मीमा समेत मार खेप्नु परेको स्थानीयको भनाइ रहेको छ ।