चन्द्रपुर ः सामुदायिक वन उपभोक्ता महासंघ रौतहटले रौतटहका २५ वटा सामुदायिक वन उपभोक्त समुहका ब्यक्तीहरु संग सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार चन्द्रनिगाहपुरमा आयोजित उक्त कार्यक्रममा रौतटहका बिभिन्न २५ वटा सामुदायिक वनका उपभोक्ताहरुको सहभागिता रहेको थियो ।
रेडप्लस,उत्सर्जन न्युनिकरण कार्यक्रम र लाभको बाडफाडमा समुदायिक सहभागिता र पहुच सम्बन्धी समुदाय स्तरको सचेतना कार्यक्रम सम्पन्न भएको सामुदायिक वन उपभोक्ता महासंघ रौतहटका अध्यक्ष बाबुराम दाहालले जानकारी दिए ।
उक्त कार्यक्रममा महासंघ रौतहटका पुर्व अध्यक्ष बेदहरी दाहाल र वन बिज्ञ सुमन घिमिरेले प्रशिक्षण दिएका थिए । अध्यक्ष दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय बच्चु साह थिए । केन्द्रिय सदस्य साहले वनको संरक्षण गर्न सामुदायिक वनको अहम भुमिका रहेको बताए ।
महासंघ रौतहटका उपाध्यक्ष टिका आचार्यको संचालनमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण कोषाध्यक्ष रन्जु थापाले गरेकी थिइन ।