रौतहटको चन्द्रनिगाहपुरमा यहि भदौ ११ गते ख्याती प्राप्त कलकारले गाईजात्रा प्रहसन गर्ने भएका छन् । चन्द्रपुर नगर उद्योग वाणिज्य संघको आयोजनामा होटल अशोकामा गाईजात्रा प्रहसन शो कार्यक्रम हुने भएको हो । ‘२०८० सालको गाईजात्रा’ नाममा ब्राण्डवर्थ प्रालिले भदौ १३ देखि १८ गतेसम्म गाईजात्रा कार्यक्रम आयोजना गर्दैछ । ब्राण्डवर्थले विराटनगर, बर्दिबास, चन्द्रनिगाहपुर, सैनामैना र दाङमा पनि गाईजात्रा कार्यक्रम गर्ने जनाइएको छ ।गाईजात्रा प्रहसन कार्यक्रम सञ्चालन हुने भएकाले तयारी थालिएको नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटाले बताउनुभयो । हाँस्य व्यंग्य, प्रहसन लगायतका मनोरन्जनत्मक कार्यक्रम यस क्षेत्रमा पछिल्लो पटक नभएकाले सो कार्यक्रम गर्ने थालिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल, सीता न्यौपाने, राधिका कँडेल, दीपकप्रसाद आचार्य ‘काकु’, प्रभात लामा, रुविना अधिकारी लगायत कलाकारले दर्शक हँसाउनेछन् । यस क्षेत्रका बासीलाई भरपूर मनोरञ्जन गराउन नगर उद्योग वाणिज्य संघ लागि परेको उहाँको भनाई छ । संघको आयोजनामा हुन लागेको यस प्रकारको गाईजात्रा विशेष कार्यक्रम सम्भवतः चन्द्रपुर पहिलो पटक हुन लागेको आयोजकको दावी छ ।दर्शकहरुलाई समसामयिक विषयमा हँसाउन गाईजात्रा विशेष कार्यक्रम राखिएको चन्द्रपुर नगर उद्योग बाणिज्य संघले जनाएको छ । सो कार्यक्रममा हास्य व्यंग्य कलकारको प्रस्तुति संगै सास्कृति कार्यक्रम रहने बताईएको छ । कोरोना महामारीका दुई वर्ष डिजिटल गाईजात्रा गरेर दर्शकलाई मनोरञ्जन र मोटिभेसन गरेकोमा यस पटक रंगमञ्सँगै टेलिभिजनमा पनि ‘डिजिटल गाईजात्रा’ प्रसारण गर्नेछ ।