रौतहटको चन्द्रनिगाहपुरमा भएको दुई दिने मधेश प्रदेश स्तरिय कराँते छनौट प्रतियोगिता शनिवार सम्पन्न भएको । नेपाल कराँते महासंघ रौतहटको आयोजनामा भएको प्रतियोगितामा प्रदेशका ८ जिल्लाका खेलाडीहरुको सहभागिता रहेको थियो । शुक्रबारबाट सुरु भएको उतm प्रतियोगितामा विभिन्न समुह तौलका पुरुष तथा महिला खेलाडीहरु बिच प्रतिष्पर्धा भएको थियो । उतm प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई पदक सहित शिल्ड दिईएको थियो । नेपाल कराँते महासंघ रौतहटका अध्यक्ष अशोक कुमार पहाडीको अध्यक्षतामा समापन कार्यक्रम भएको थियो ।उतm कार्यक्रममा बोल्दै चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले स्वास्थका लागि पनि खेल महत्वपुर्ण भएको बताउँदै खेल र खेलाडीबाट अनुशासित हुन सिक्नु पर्ने धारणा राख्नुभयो । टोल , गाँउ, नगर, जिल्ला , प्रदेश हुँदै देशलाई चिनाउनका लागि खेलाडीको भुमिका महत्वपुर्ण भएको उहाँको भनाई छ । नगरपालिकाले पनि खेलाडीलाई प्रोत्साहित गर्ने निति लिएको भन्दै उहाँले यस्ता किसिमको कार्यक्रममा सहयोग पनि गर्दै आएका बताउनुभयो । सो कार्यक्रममा स्वागत मन्तव्य भने कराँते खेलाडी अमित भोलनले राख्नुभएको थियो । चन्द्रपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रवि राना मगर, वडा नं. ५ का अध्यक्ष निलहरि कोईराला, वडा नं. ६ का वडा अध्यक्ष सहदेव के.सी, चन्द्रपुर नगरपालिका आर्थिक संयोजक नेत्र कुश्वार, वडा नं. ४ का वडा सदस्य विनोद सिटौला, नेपाल कराँते महासंघ मधेश प्रदेशका अध्यक्ष रामचन्द्र ठाकुर, रेफ्री संयोजक चित्र वहादुर पुर्लामी, मध्यामञ्चल क्षेत्रिय खेलकुद विकास समिति संयोजक सुरेन्द्र श्रेष्ठ, मधेश प्रदेश कर्मचारी संघका अध्यक्ष राजेश गुप्ता, वरिष्ठ प्रशिक्षक रामवावु साह, उमेश गुरुङ्ग, दुर्गा धामीको आतिथ्यता रहेको थियो । कार्यक्रममा सहभागी अतिथीहरुले सो प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई पदक तथा प्रमाण पत्र दिनुभएको थियो । सो कार्यक्रममा नेपाल किक वक्सिङ्ग संघ रौतहटका अध्यक्ष वन्ती पाण्डे, नेपाल कराँते महासंघ रौतहटका सल्लाहकार ईन्द्र वि.क र संचारकर्मीहरु संजय कार्की, रमेश तिमल्सिना, वालविक्रम कार्की र सन्तोष काफ्लेको उपस्थिती रहेको थियो । समे प्रतियोगिताको निर्णायक मण्डलको पनि उपस्थिती रहेको नेपाल कराँते महासंघ रौतहटले जनाएको छ ।