रौतहटको चन्द्रनिगाहपुरमा भएको जनज्योति प्रिमियर लिग क्रिकेट प्रतियोगितामा जनज्योती बहुमुखी क्याम्पस बिजयी भएको छ । जनज्योति बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको उतm प्रतियोगितामा ८ वटा अन्तर संकायका टीमको सहभागिता रहेको थियो । जसमध्ये जनज्योति बहुमुखी क्याम्पसको चार वटा र जन ज्योति नमूना माध्यमिक विद्यालयको चार वटा टिम सहभागिता जनाएको हो । चन्द्रपुर नगरपालिका वडा नं. ६ मा रहेको चिम्नी घाँसे मैदानमा भएको खेलको उपाधी भने जनज्योती बहुमुखी क्याम्पस जितेको हो । खेलमा टस जितेर जनज्योती नमुना माध्यमिक बिद्यालयले पहिलो बलिङ्ग गरेको थियो भने जनज्योती बहुमुखी क्याम्पस तेस्रो बर्षका ब्रिद्यार्थीले १२ ओभरमा ९७ रन बनाउन सफल भएको थियो । जनज्योति बहुमुखी क्याम्पसले ९८ रनको लक्ष्य दिएको थियो । चार बिकेट लिने सजाद खान म्यान अफ द म्याचको उपाधी पाएका छन भने मुस्तुफा साहले म्यान अफ द सिरिज, आशिस खडकाले बेष्ट ब्याटसम्यानर बिमल साहले बेस्ट बलर को उपाधी पाएको स्वबियु सभापति संगम श्रेष्ठले बताउनु भयो । स्वतन्त्र बिद्यार्थी युनियनले आयोजना गरेको यो प्रतियोगिता ११ औ संस्करण हो । टीमले लिंग प्रतियोगितामा प्राप्त अंकका आधारले नकाउट चरणमा प्रवेश पाएको थियो । जनज्योति नमुना माध्यमिक बिद्यालयका कक्षा ११ का बिद्यार्थीलाई अल आउटमा हराउदै जनज्योति बहुमुखी क्याम्पस स्नातक तेस्रो बर्षका बिद्यार्थी बिजयी भएका कार्यक्रम संयोजक मोहम्मद नौसाद आलमले बताउनुभयो । जनज्योति प्रिमियर लिग क्रिकेट प्रतियोगिताले विद्यार्थीको क्षमता देखिने जनज्योती बहुमुखी क्याम्पसका अध्यक्ष संजय कार्कीले बताउनुभयो । यस्ता किसिमका खेलकुदले खेलाडी उत्पादनमा समेत टेवा पुग्ने उहाँको भनाई छ । यस खेलका लागि आवश्यक सहयोग गर्ने प्रति अभार व्यतm गर्दै उहाँले अगामी दिनमा पनि यस्ता किसिमका प्रतियोगिता हुनु पर्ने धारणा राख्नुभयो ।