रौतहट , २६ जेठ / सर्लाहीको बागमती नगरपालिकामा रहेको बागमती माछा पोखरी दुर्गन्धले भरिएको छ। पर्यटकहरुलाई आकर्षण गर्दै आएको बागमती माछापोखरी अहिले दुर्गन्धका कारण पर्यटकहरुमा निकै कमी आएको छ। बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापाको पालामा बनेकाले उनका कार्यकर्ताले भरतताल दिएको सो माछा पोखरी संरक्षणको अभावमा दुर्गन्धहरुले भरिपूर्ण भएको छ ।
निर्माणकालदेखि नै विवादमा रहेको सो माछा पोखरी निलम्बित नगर प्रमुख भरत थापाका केही आफन्त आसेपासे र कार्यकर्ताहरूको कमाई खाने भाडोको रुपमा रहेको छ । उनीहरुले यसको संरक्षण गर्नुको सट्टा यसलाई दुरुपयोग गरिरहेको स्थानियको आरोप छ । नगर प्रमुखका आसेपासेले केवल पैसा कमाउने माध्यमको रुपमा मात्र पोखरीको प्रयोग गर्ने तर यसको सरसफाई तथा संरक्षणमा ध्यान नदिनाले पोखरीको सौन्दर्यमा निकै कमी आएको पर्यटकहरूको गुनासो छ । देश तथा विदेशबाट घुम्न आउने पर्यटकहरु अहिले पोखरीबाट आउने दुर्गन्धले एकछिन पनि फर्कने गरेको पाइएको छ। शनिबार चन्द्रपुरबाट परिवारसहित आएका अंशु कुमारी साहले दुर्गन्धको कारण बाहिर नओर्ली गाडीबाटै फर्किएको बताउनुहुन्छ । हामी सब परिवार भरताल घुम्न गएका थियौँ। ‘गाडीबाट ओर्लिन बित्तिकै कुहिएको माछा तथा तालको फोहोर पानी डुङडुङती गनाइरहेको थियो।’ उहाँले गुनासो गर्नुभयो, ‘हामी तालको दुर्गन्धका कारण गाडी गाडीबाट ओर्लिन पनि सकेन हामी गाडीभित्रको भित्रै त्यहाँबाट तुरुन्त घर फर्कियौ । तालको नाममा यस्तो दुर्गन्ध को लापर जिम्मेवारी कसले लिने ?’ एकछिन पनि बस्न नसकिने दुर्गन्धका कारण हैजाको महामारी फैलने हो कि भन्ने आशंका पर्यटकहरुको छ । जनताको करको पैसाबाट निमार्ण भएपनि सो पोखरी सिमित व्यक्तिको लुटि खाने थलो भएको स्थानियहरुको गुनासो छ । सो पोखरीमा हुने बोटिङ्ग लगायत हरेक व्यवसायिक कृयाकलाप थापामा आसेपासेको इशारामा मात्र सम्भव हुने नत्र नहुने एक व्यवसायीले दुःखेसो पोखे । उनले थापाका मान्छेलाई दाम चढाएर खुसी पारेमात्र सो पोखरी क्षेत्रमा व्यसाय गर्न पाइने बताए । सो क्षेत्रमा थापाको नाता पर्ने गौतम खड्काले बागमती इन्टरटेन्मेन्ट प्रा.लि. को नामा जेट डुङ्गा, स्काइ साइकिङ्ग, मोटरवोट लगाएतका व्यवासयिक कार्यहरु गरेर राज्यको जमिनमा ब्रह्मलुट मचाएको ती व्यापारीको आरोप छ । सो माछा पोखरीमा अनियमितन भएको महालेखा परिक्षकको प्रतिवेदनहरुमा पनि उल्लेख भएको छ । राज्यको जमिनमा निजी व्यक्तिको ब्रह्मलुट रोक्न अख्तियार, नेपाल सरकार गम्भिर हुनुपर्ने स्थानियको भनाइ छ । बागमती माछापोखरीमा बोटिङ्ग तथा पार्किङ्ग शुल्क तिनवटा भिन्नाभिन्नै दर रु ३००, रु ५०० र रु १००० को दरले आफैले उठाई संकलन गर्ने गरेको छ । सो नगरपालिकाले तोकिए बमोजिमका राजस्व सम्बन्धी श्रेस्ताको म्यानुअल अभिलेख नराखेको, सफ्टवेयरले सबै मितिको डाटा जेनेरेट गर्न नसकेको कारण बोटिङ्ग र पार्किङ्कबाट प्राप्त भएको आय र सो को बैंक दाखिलाको यथार्थता भिडान गरेको महालेखा परिक्षकको रिर्पोटमा उल्लेख छ ।