रौतहटको गरुडा नगरपालिकका नगर प्रमुख कन्थमनि प्रसाद कलवारले शिक्षा क्षेत्रलाई समेत पालिकाले प्रथामिकतामा राखेर काम गर्दै आएको बताउनुभएको छ । यहाँको सामुदायिक विद्यालयको स्तरोन्ती तथा शैक्षिक गुणस्तरमा पालिकाले ध्यान दिएको उहाँले उल्लेख गर्नुभएको हो । गरुडामा नगरपालिका वडा नं. ४ मा रहेको मध्य रौतहट बहुमुखी क्याम्पसको वार्षिक कार्यक्रममा उहाँले यस नगर भित्र रहेको माध्यमिक विद्यालय गरुडाले अधिकाराज्य भरमा नै तेस्रो स्थान हासिल गर्न सफल भएकोमा गौरवन्ति महसुस भएको बताउनुभयो ।
यस जिल्लाको तिन वटा सामुदायिक विद्यालय माध्यमिक शिक्षा परीक्षा सम्बन्धी तथ्यांकमा उत्कृष्ट बन्न सफल भएको भएकोमा उहाँले खुसी व्यतm गर्नुभयो । यस क्याम्पसले यहाँको शैक्षिके क्षेत्रमा पुरयाएको योगदानकोे उहाँले प्रशंसा गर्नुभयोे । नगर भित्रका अन्य विद्यालय तथा क्याम्पस अव देशभरमा नै उत्कृष्ट वन्ने अपेक्षा लिएको बताउनुभयो । शिक्षाले नै व्यक्ति र राष्ट्रको उन्नतिमा ठूलो टेवा पुर्याउन भएकोले यसको महत्तवको वर्णन गरेर नसकिने चर्चा गर्नुभयो । शैक्षिक स्तर बृद्धिका लागि अभिभावकले विद्यालय तथा विद्यार्थीमाथि निगरानी बढाउन जरुरी रहेको उहाँले औल्याउनुभयो ।
सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि पालिकाले आवश्यक सहयोग वा समन्वय गर्ने भन्दै विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिन उहाँले निर्देशन दिनुभयो । सरकारी विद्यालयको कमजोर व्यवस्थापन, सरकारी अनुदानको दुरुपयोग र शिक्षकले कामै नगरी तलब बुझ्ने प्रवृत्ति भएको भन्दै आलोचित हुने गरेको उहाँको भनाई छ । यी क्षेत्रमा सुधार ल्याउन सकेमा मात्र विद्यालयले सफलता हासिल गर्ने उहाँको कथन छ । मध्य रौतहट बहुमुखी क्याम्पस प्रमुख प्रेमलाल साहको अध्यक्षतामा भएको कार्यक्रममा स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थीलाई बिदाइ गरिएको छ ।
मधेस प्रदेशको चिनोको रुपमा मानिने गम्छा ओढाएर सम्मान गर्दै विद्यार्थीलाई क्याम्पसले मायाको चिनो पनि प्रदान गरेको हो । यसै महिनाको अन्तिमदेखि स्नातक चौथो वर्षको अन्तिम परीक्षा हुँदैछ ।परीक्षाको तयारीमा रहेको विद्यार्थीलाई वक्ताहरुले सफलता र प्रगतिको कामना गरेका हुन् । प्रथम वर्षमा अध्ययनरत विद्यार्थीलाई औपचारिक रुपमा स्वागत पनि गरिएको क्याम्पसका प्राध्यापक अनिलकुमार निधिले जानकारी दिनुभयो । क्याम्पसका प्राध्यापकहरु, कर्मचारी, सञ्चालक समितिका सदस्य तथा पदाधिकारी समेतको सहभागिता रहेको कार्यक्रममा विभिन्न छात्रछात्राहरुले गायन, नृत्यका साथै आफ्नो प्रतिभाको प्रदर्शन गरेको हुन् ।
यस क्यम्पसमा वणिज्यतर्फ स्नातकोत्तर तहसम्म सञ्चालित क्याम्पसमा स्नातक तहमा बिएड, बिए र वाणिज्य संकाय पनि सञ्चालनमा रहेको छ । आफ्नै भवनमा कक्षा सञ्चालन भएको यस क्याम्पसले यहाँको शैक्षिक गुणस्तरियामा उल्लेखनिय भुमिका निर्वाह गर्दै आएको छ ।