रौतहट, २९ जेठ÷विद्युतिय कारोेबार मुद्धाको सिलसिलामा अदालतबाट पक्राउ पुर्जी जारी भएको एक महिलालाई पक्राउ गर्नु पर्ने माग छ । तर प्रहरीले पक्राउमा कुनै चासो नदेखाएको पिडित परिवारको आरोप छ । काठमाडौं जिल्ला अदालतले मिति २०८० पुष २० गते रौतहटको वृन्दावन नगरपालिकाकोे विश्रामपुर घर भइ हाल चन्द्रपुर नगरपालिका वडा नम्बर ६ देउराली चोक बस्ने नन्दलाल साहकी छोरी रोशनी कुमारी साह विरुद्ध पक्राउ पुर्जी जारी गरेपनि आजसम्म उनी पक्राउ पर्न सकेकी छैनन् । काठमाडौं जिल्ला अदालतले उनलाई विद्युतिय कारोेबार मुद्धाको सिलसिलामा पक्राउ पुर्जी जारी गरेता पनि आजसम्म पक्राउ नपरेको पिडितको गुनासो छ । साहले सामाजिक संजालको प्रयोग गरेर आफ्नो चरित्र हत्या गरेको भन्दै पिडित महिलाले काठमाडौं प्रहरीमा उजुरी गरेकी थिइन् । सोही अनुसन्धानको सिलसिलामा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
यति मात्र होइन साह विरुद्ध जिल्ला प्रशासन कार्यालय रौतहटले पनि पक्राउ पुर्जी जारी गरेको छ । २०८१ बैशाख ९ गते उनलाई अभद्र व्यवहारको सिलसिलामा अनुसन्धान गर्न भन्दै पक्राउ पुर्जी जारी भएको हो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा साहका श्रीमान मिश्रीलाल साहको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रोशनी कुमारी साह भएको अभद्र व्यवहार सम्बन्धी कसुरमा खुल्न तत्कालै प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गर्नु पर्ने र तत्काल निजलाई पक्राउ नगरे भागी गई मुद्धासंग सम्बद्ध प्रमाणहरू लोप, नाश हुन सक्ने भएकोले मुलुकी फौजदारी कार्यबिधी संहिता, २०७४ को दफा ९ को उपदफा (२) बमोजिम साहलाई पक्राउ गर्ने अनुमतीको लागि जिल्ला प्रशासन कार्यालयमा अग्रह गरेकोमा सो कार्यालयले पक्राउ अनुमति दिएको हो । आफु विरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाउने बित्तिकै उनी आफ्ना ८ वर्ष र ४ वर्षका नाबालक सन्तानहरूलाई जंगलको बाटोमा छाडेर फरार रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ । फरार रहेकी साहको खोजी भइरहेको र उनी चाँडै पक्राउ पर्ने सो कार्यालयले जनाएको छ ।