छिमेकी देश भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेपाल भ्रमणको
बिषयलाई लिएर बिभिन्नस्तरमा बिभिन्नखाले क्रियाप्रतिक्रियाहरूको बाढी नै
लागिरहेको छ । त्यही प्रसंगमा मैले पनि यस पत्रमार्फत तपाईं समक्ष आफ्नो
विचार प्रेषित गरेकी छु ।
प्रधानमन्त्रीज्यू !
शक्तिशाली छिमेकी देशको शक्तिशाली प्रधानमन्त्रीको भ्रमणले तपाईंको
लोकप्रियता शिखरतिर उकालो लाग्नु पर्ने हो । तर, तपाईं मान्नुस् नमान्नुस्
मोदीको नेपाल भ्रमणले तपाईंको लोकप्रियता एकाएक ओह्रालो झरेको छ । देश
दुनियाँलाई थाहा छ, तपाईं हिजो लोकप्रियताको शिखरमा मोदीजीकै कारणले पुग्नु
भएको थियो । त्यतिमात्रै होइन, नेपाली इतिहासकै सर्वाधिक शक्तिशाली शासक
पनि मोदीजीकै कारणले बन्नु भएको हो ।
भारतीय शासकहरूको ‘ठुल्दाइ प्रवृत्ति’को कारण नेपाली जनता भारतीय
शासकहरूप्रति कहिल्यै सकारात्मक बन्न सकेका छैनन् । पछिल्लो पटक दुई
वर्षअघि यिनै मोदीले मधेसलाई उचालेर नेपालमाथि नाकाबन्दी गरेपछि नेपाली
जनता असन्तुष्ट मात्र होइन आक्रोशित बने । मोदीको अघोषित नाकाबन्दीविरूद्ध
तपाईंले लिनुभएको अडान साँच्चै प्रसंशायोग्य थियो । नेपाली जनताले
मुक्तकण्ठले तपाईंको प्रसंशा गरे । जनतामा नाकाबन्दीको कारण पैदा भएको
आक्रोश तपाईंप्रति विश्वासमा रूपान्तर भयो । फलस्वरूप तपाईं इतिहासकै
शक्तिशाली प्रधानमन्त्री बन्न पुग्नु भयो । मैले मोदीको कारण तपाईंको
लोकप्रियता बढ्यो भन्नुको कारण यही हो ।
नाकाबन्दीको पीडा नेपाली जनताले बिर्सिसकेका थिएनन् । जनता चाहन्थे,
मोदीले नेपाली जनतासामु माफी मागुन् । र, आइन्दा भूपरिवेष्ठित छिमेकीमाथि
नाकाबन्दी नगर्ने बाचा गरुन् । भारतले हाम्रो आन्तरिक मामिलामा अनावश्यक
चासो नदेखाओस्, हस्तक्षेप नगरोस् । सन् १९५० लगायत असमान सन्धिसम्झौताहरू
खारेज गरोस् ।
यी सबै काम गराउन शक्तिशाली राष्ट्रवादी प्रधानमन्त्री केपी ओलीले
नेतृत्व गरुन् । तर, बिडम्बना, तपाईंले जनताले चाहेअनुसार एउटा पनि काम
गर्न सक्नु भएन । बरू उल्टो कहिले चटके शैलीमा राजस्थानी पहिरन पहिरिएर जग
हसाउनु भयो त कहिले हिजो आफ्नै पार्टीले राष्ट्रघात हुन्छ भनेर रोकेको
अरूण-३ को छापामार शैलीमा संयुक्त शिलान्यास गरेर आफ्नै मन्त्रीपरिषदका
मन्त्रीहरूलाई समेत चकित पार्नुभयो ।
प्रधानमन्त्रीज्यू !
अरूण-३ को शिलान्यास राष्ट्रघात हो भनेर म भन्दिनँ । तर, यति ठूलो र
दीर्घकालीन महत्व राख्ने प्रोजेक्टको शिलान्यास गर्दा पर्याप्त गृहकार्य
गर्नु पर्दैन ? यस्तो प्रोजेक्टको बारेमा जनतालाई सूचित गराउनु पर्दैन ?
सुन्दैछु- ‘नेपाल सरकारले यो आयोजनाको लागि भारतीय कम्पनीलाई १० वर्षसम्म
१०० प्रतिशत कर छुट दिने साथै, थप ५ वर्षसम्म भारतीय कम्पनीलाई ५० प्रतिशत
कर छुट दिने । आयोजनामा काम गर्ने सबै जनशक्ति भारतीय कम्पनीले भारतबाटै
ल्याउने, आयोजनाको लागि आवश्यक सम्पूर्ण सामाग्रीहरू भारतबाटै ल्याउने र
त्यसको ५० प्रतिशत भन्सार छुट दिने ।’
के यो सत्य हो ? नेपाली जनता सत्य थाहा पाउन चाहन्छ ।
प्रधानमन्त्रीज्यू, यदि यो कुरा सत्य हो भने तपाईंले अरूण-३ शिलान्यास गरेर
राष्ट्रघात नै गर्नु भएको हो । अन्यथा, यस्ता ‘बिग प्रोजेक्ट’ हरू
राष्ट्रिय हितलाई शिरमा राखी निश्चित समयावधिको लागि उसैले सन्चालन गर्न
पाउने गरी विदेशी कम्पनीहरूलाई बनाउन दिने प्रचलन छ ।
भूमण्डलीकृत विश्वमा एक्लो टापु बनेर बाँच्न नेपाललाई पनि सम्भव छैन ।
देश समृद्धिको यात्रामा बामे सर्न शुरू गरेको छ । समृद्धिको प्रथम
पूर्वाधार भौतिक पूर्वाधारको निर्माण नै हो । जसको लागि विदेशी पुँजीको
लगानी अपरिहार्य जस्तै छ । महादेशीय आकारका दुई शक्तिशाली छिमेकीहरू
नेपालमा लगानी गर्न खुट्टा उचालेर बसेकै देखिन्छ । छिमेकीहरूको लगानी
हामीले ल्याउनै पर्छ । तर आफ्नो राष्ट्रहितलाई शिरमा राखेर मात्र ।
रिसानी माफ गर्नुहोला प्रधानमन्त्रीज्यू । प्रधानमन्त्री पुष्पकमल दाहाल
र शेरबहादुर देउवाले मोदीलाई भेटेको र त्यसबेला घुँडा टेक्न गएको भनेको
भन्दै प्रश्न गर्ने आज आफूले गर्दा पूण्य, अरुले गर्दा पाप ?
भारतसँगको सम्बन्ध ‘न संघर्ष, न समर्पण’ भन्दा बीपी कोइरालालाई हटाउन
राजा महेन्द्रले भारतलाई चिठ्ठी लेखेका थिए, चाहे समृद्धिको सवालमा होस्,
चाहे छिमेकीहरूसँग गरिने सम्बन्धको सवालमा । हिजो बाबुरामले बिप्पा गर्दै
गर्दा बाह्र हात उफ्रेर बिरोध गर्नेको पंक्तिमा तपाईंको पार्टी पनि थियो ।
छिमेकीहरूसँग सन्तुलित र कुटनीतिक सम्बन्ध बनाउनु पर्छ भन्ने बाबुरामलाई र
अन्य नेताहरुलाई राष्ट्रघाती भारतीय दलाल भन्दै नारा लगाउने तपाईंको पार्टी
पनि थियो ।
आखिर आज प्रधानमन्त्रीको कुर्सीमा बसेर तपाईं पनि त त्यही गर्दै हुनुहुन्छ ।
त्यसैले प्रधानमन्त्रीज्यू, क्षणिक लोकप्रियताको लागि सत्यको गहिराइमा
नपुगी सस्तो राजनीति नगर्दा नै राम्रो होला । तपाईं प्रष्ट हुनुहोला ।
कालोलाई कालो र सेतोलाई सेतो भन्ने एक सचेत नागरिक हुँ ।
प्रधानमन्त्रीज्यू ! मेरा थप केही असन्तुष्टि र आशंकाहरू पनि छन् । सायद
यो मेरो मात्र होइन, अधिकांश नेपालीहरूको असन्तुष्टि र आशंका हो । नागरिक
अभिनन्दनको क्रममा २ नम्बर प्रदेशको मुख्यमन्त्री लालबाबू राउतले नेपालको
संविधान विभेदकारी भएकाले यसका बिरूद्धमा आफूहरू संघर्षमा रहेको कुरा गरेर
खुलेआम हस्तक्षेपको लागि मोदीलाई गुहारे । के यो सैहृय कुरा हो ? त्यस्तै
सम्बोधनको क्रममा राउतले ‘राज्यद्वारा मधेसीप्रति जारी विभेदकारी नीति र
पूर्वाग्रह र विद्वेषपूर्ण मानसिकताका कारणले नै मधेसका मानिसहरू तुलनात्मक
रूपमा अत्यधिक गरिबी, बेरोजगारी, अभावग्रस्त, शोषित एवं उत्पीडित जीवन
जीउन विवश छन्,’ सम्म भन्न भ्याए ।