मानव स्वास्थ्यमा कोरोनाको प्रभाव
सन् २०१८ मा राष्ट्रिय मानव स्वास्थ्य सर्वेक्षणले प्रकाशित गरेको एक
(pilot study of mental health survey) रिपोर्ट अनुसार ‘मानव स्वास्थ्य समग्र स्वास्थ्य र कल्याणको एक अभिन्न हिस्सा हो र एक व्यक्ति र समुदायको प्रभावकारी कार्यको लागि आधार हो’ भनि भनिएको छ । वास्तबमै अहिलेको समयमा मानसिक स्वास्थ्य विश्वकै चासोको विषय बनेको छ । खासगरी युवा जनसंख्यामा मानसिक स्वास्थ्य नराम्रो भएमा आजको दिनमा मात्र नभइ भोलिका दिनहरुमा पनि असर पर्न सक्ने हुनाले यो विषयमा सरकारको ध्यान जानु जरुरी छ ।
धेरै जस्सो देशहरुमा मानसिक रोग भएका व्याक्तिहरुलाई असक्क्षम मानिन्छ र उनीहरु माथि गर्ने व्यवहार पनि अति दयनीय देखिन्छ । नराम्रो शब्द प्रयोग गरेर मात्र नभइ उनीहरुलाई आफ्नो अधिकारबाट पनि बञ्चित गराईन्छ । नेपालको संबिधानले स्वास्थ्य, स्वास्थ्य सेवा र सबै नागरिकलाई समान पहुँचको अधिकारको ग्यारेन्टी गर्दछ र बिश्व स्वास्थ्य संगठन (WHO) ले स्वास्थ्य पूर्ण शारिरीक, मानसिक र सामाजिक कल्याणको राज्य हो भनेर स्पष्ट बताएको छ ।
हालको समयमा बिश्वकै ठूलो चासोको विषय कोरोना भाइरस र यसले पारिरहेको असरहरुमा केन्द्रित छ । विश्व स्वास्थ्य संगठनको अनुसार कोरोना भाइरस रोग एक संक्रामक रोग हो । कोरोना भाइरस अर्थात् कोभिड–१९ भाइरसले संक्रमित धेरै व्यक्तिहरुले हल्कादेखि मध्यम श्वासप्रश्वास रोगको अनुभव गर्ने छन् । विशेष उपचारको आवश्यकता पर्ने छ । ज्येष्ठ नागरिक, हिृदय रोग, मधुमेह, दीर्घकालिन स्वास्थ्य रोग र क्यान्सर जस्ता अन्तर्निहित चिकित्सा समस्याहरुको साथ गम्भीर बिरामी हुने बढी सम्भावना हुन्छ भनिएको छ ।
नेपाल हेल्थ रिसर्च काउन्सिलले गरेको एक अध्यन अनुसार कोभिड–१९ महाहमरीले नेपाल लगायत विश्वका सम्पूर्ण जनतामा आतंक र दिक्क लाग्ने स्थिती सृजना गर्दै आएको छ कम्जोर राष्ट्रिय स्वास्थ्य प्रणाली र सरकारको संकट समाधान गर्ने न्यून तयारीका कारण जनसंख्याको सबै क्षेत्रहरु कोरोना रोगको चपेटामा छन् । स्वास्थ्य क्षेत्र भन्दा बाहेक पनि यस्ता धेरै क्षेत्रहरु छन् जहाँ कोरोनाले अतिनै प्रभावित गराएको छ । देशभर भएको लकडाउनका कारण श्रमिक लगाएत विद्यार्थी, रोजगारी, बालबालिका, युवा, बृद्ध सबै व्यक्तिलाई क्षति पु¥याएको छ झन् नेपाल जस्तो विकासोन्मुख देशमा खाद्य अभाव लगाएतका बिभिन्न अभावले मानव जीवनमा ठूलो तनाब सृजना गरेको छ न्यून आर्थिक अवस्थाका मजदूरहरुको रोजीरोटी ठप्प भएको छ । खाधान्न अभाव र सामाजिक विभेदका कारण चिन्ता तथा उदान्सिन्ता हुने, तेसैगरी बालबालिकाहरुमा त्रास तथा अत्यास पैदा हुने, गलत सूचनाका कारण मानिसहरुमा अफवाह फैलिरहेको, बिद्यालय लगातार बन्द भैरहेका कारण शिक्षा क्षेत्रमा अवरोध, केहि क्षेत्रमा अनलाइन कक्षा भैरहेता पनि राम्रो इन्टरनेटको सुविधा नभएका कारण प्रभावकारी बन्न नसकेको, त्यसैगरी होटेल व्यवसाय, यातायात, सरकारी कर्मचारी तथा अन्य संघसस्था लगाएत अन्य सबै क्षेत्रमा पनि क्षति भएको छ । फलस्वरूप हरेक व्यक्तिमा तनाब तथा चिन्ता सृजना भई मानसिक रोगको शिकार हुने सम्भावाना बढी देखिन्छ । यस्तो अवस्थाका कारण मानिसहरुको दिमागमा नकारात्मक सोचहरु आउने, चिन्ता, उदासीनता हुने हुनाले दिनानुदिन आत्महत्याको संख्या धेरै मात्रामा बढिरहेको छ । २०७६ चैत्र ११ गतेदेखि नेपाल सरकारले गरेको बन्दाबन्दीको ७० दिनसम्ममा ९६३ जनाले आत्महत्या गरिसकेका छन् र त्यस मध्ये १६ जनाले आत्महत्या गर्ने प्रयास गरेका छन् । प्रदेश न.१ मा आत्माहत्या गर्नेको संख्या १६६, नं.२ मा १३३, नं.३ मा १८८, नं.४ मा ११६, नं.५ मा २६० तथा प्रदेस नं. ६ र ७ मा १०० रहेको पाईएको छ, जसमध्ये बालबालिकाको आत्माहत्याको संख्या १६६ रहेको छ ।
श्रोतः www.reporternepal.com
नेपालमा अझै पनि मानसिक स्वास्थ्य उपेक्षित विषय मानिन्छ मानसिक रोगबाट पिडितलाई प्राय नेपाली समाजमा बोझको रुपमा हेरिन्छ । मानिसलाई कलंक लगाउने र होच्याउने प्रविर्दिका कारण पिडित व्यक्तिहरुलाई स्वास्थ्य सेवाबाट सेवा लिन निरुत्साहित गरिन्छ । यस समस्याले व्यक्तिलाई एकदमै दयनीय बनाउछ । मानसिक रोग भएका व्यक्तिलाई एकै किसिमको लक्क्षण देखापर्दछ भन्ने छैन, व्यक्तिको अवस्था र परिस्थिति अनुसार बेग्ला–बेग्लै कुराको तनावले उनीहरुमा मानसिक तनाब सिर्जनाभई यो रोग देखा पर्दछ । अभिभावकको मानसिक स्वास्थ्यले पनि उनीहरुको बालबालिकाको मानसिक स्वास्थ्यमा असर पु¥याउँदछ । अझ युवाहरुमा त यो रोग एकदमै जोखिमपूर्ण देखिन्छ । छिनछिनमा मन बदलिरहने, काममा खराब प्रदर्सन, लागुपदार्थ सेवन गर्ने सम्भावना बढी हुने हुनाले परिवार तथा आफन्तजनले यसबारे ख्याल गर्नु पर्दछ । उसले गरिरहेको व्यवहार मानसिक रोगसँग मिल्दोजुल्दो भएमा उसलाई नराम्रो व्यबहार नगरी कसरी उसको तनाब कम गर्न सकिन्छ भन्ने कुरामा चासो दिन जरुरी छ । अहीले भैरहेको लकडाउन र कोरोनाको माहामारीको समयमा चिन्तित व्यक्तिलाई आफ्नो ध्यान केन्द्रित गर्न तथा कसरी तनाब व्यबस्थापन गर्न सकिछ भन्ने बारेमा विभिन्न संघसस्थाहरुले अनलाइन तालिम तथा कार्यशालाहरु गराइरहेको छ त्यसमा समावेश हुन् सकेमा पनि बिभिन्न कुराहरुको बारेमा जानकार लिन सकिन्छ । हालको आवस्थामा मात्रै नभई पहिले र अब आउने अवस्थामा पनि पिडित व्यक्ति उपचार गर्न अस्पताल जान आप्ठ्यारो मान्ने तथा आफ्नो समस्याको बारेमा खुलेर भन्न नसक्ने कारण सरकारले यस कुरामा ध्यान दिई हरेक क्षेत्रमा मानसिक समस्याबाट ग्रसित व्यक्तिहरुलाई घरमै गएर परामर्श दिने तथा यस बिषयमा जागरुक अभियानहरु चलाउने तालिम दिन सकेमा मानसिक रोग तथा तनाब काम गर्न सकिन्छ ।
–सोस्तिका भण्डारी