रौतहटको चन्द्रनिगाहपुरमा रहेको जनज्योति बहुमुखी क्याम्पसमा आइतबार हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रगतिशिल संयुक्त विद्यार्थी संगठनले आफुहरुले प्यानलनै जित्नै दावी गरेको छ । जनज्योतिमा नेकपा एमालेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) , नेकपा माओवादीको अनेरास्ववियु (क्रान्तिकारी) एवम् नेकपा एकिकृत समाजवादीको अनेरास्ववियू , जनमत पार्टीको विद्यार्थी जनमत संघ बीचमा गठबन्धन भएको छ , गठबन्धनबाट अनेरास्ववियूका नेता राधेश्याम बैठा (आदित्य) ले सभापतिमा , अनेरास्ववियुका दामोदर उप्रेति (सफल) ले सचिव एवम् कोषाध्यक्षमा अनेरास्ववियु (क्रान्तिकारी) का अन्जना केसी, सदस्यहरुमा विश्वास गौतम, अभिषेक कुमार चौधरी, अनिल कुमार पटेल, गौरव सापकोटा, दिक्षा चौधरी, आषिश ठाडा र नबिन कुमार साह कानुको उम्मेदवारी परेको छ । सो संगठनले विद्यार्थी भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । घरदैलोे र विद्यार्थी भेटघाटबाट निकै राम्रो प्रतिक्रिया पाएको र आफुहरु सदैव विद्यार्थीहरुको हकहितको लागि निरन्तर क्याम्पसमा खटिरहेका आफुहरु जित्नेमा ढुक्क रहेको सभापतिका उम्मेदवार राधेश्याम बैठा (आदित्य) ले बताएका छन् । उनले आफु म एक नियमित विद्यार्थी रहेको र क्याम्पसमा भइरहेका कार्यहरुलाई भआफै निगरानी गरेर खबरदारी गरि काम गरिरहेकाले आफुलाई विद्यार्थीहरुले विश्वास गर्ने विश्वास व्यक्त गरे । ‘म सदैव कक्षा कक्षामा गएर कुन विषय पढाइ भइरहेको छ , शिक्षकहरुले नियमित पढाइ रहनु भएको छ कि छैन् त्यसको निगरानी गरिहरेको छुँँ’ उनले भने, ‘ हामी जनज्योति क्याम्पसलाई उत्कृष्ट शिक्षा शैक्षिक सस्थामा रुपमा विकास गर्ने छौं, विद्यार्थीहरुको इच्छा पनि त्यहीँ छ । हाम्रो संगठनले जितेमा जनज्योतिमा ‘नो लाइन, सबै काम अनलाइन’ हुन्छ ।’ उनले यस अघिका स्ववियु सभापतिले छात्रवृति वितरणमा आफ्ना आसेपासे र पार्टीका विद्यार्थीहरुलाई वितरण गरेकाले पाउनुपर्ने विद्यार्थीहरु माथि अन्याय गरेको आरोप लगाउँदै आफु निर्वाचित भएर आएपछि यसअघि स्ववियु गरेका हरेक अनियमिता तथा वजेट अपचलनको छानविन गर्ने बताए ।
सचिव पदका उम्मेदवार दामोदर उप्रेति (सफल) ले देशभरिनै कम्युनिष्ट विभाजितको भएकाले देशलाई नोक्सान भइरहेको रौतहटबाट कम्युनिष्ट एकताको सन्देश जावोस् भनेर जनज्योतिबाट वाम गठबन्धन गरेको बताए । ‘कम्युनिष्ट एकदम विभाजित भएर देशलाई एक दाम गा¥हो छ । देशलाई उन्नति र प्रगतिशील बनाउन कम्युनिष्टले मात्र भुमिका खेलेका छन् र खेल्नेछन्’ उनले भने, ‘हाम्रो संगठन विजयी भएपछि हामी जनज्योतिलाई देशकै नमुना शैक्षिक संस्थाको रुपमा विकास गर्न भूमिका खेल्छौं।’
कोषाध्यक्ष पदका उम्मेदवार अञ्जना केसीले आफुहरुको संगठनले विजयी भएपश्चात उच्च शिक्षामा छात्रवृत्ति कार्यक्रमलाई वृद्धि गर्न पहल गर्ने, लक्षित वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने, छात्रवृत्ति प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउन पहल गर्ने बताइन् । ‘हामी हाम्रो क्याम्पसमा आर्थिक पारदर्शिता र प्राज्ञिक सुशासन कायम गर्नेछौँ’ उनले भनिन्, ‘ हामी क्याम्पसलाई प्रविधि मैत्री बनाउन पहल गर्नेछौं । हामी सदैव आन्दोलनका नाममा हुने पदाधिकारी, प्राध्यापक, कर्मचारी माथिको व्यक्तिगत आक्रमण तथा दुव्र्यवहारको विपक्षमा हुन्छौं ।’
आफुहरुको संगठन जनज्योतिको शैक्षिक , भौतिक तथा प्रशासनिक विकासको लागि प्रतिवद्ध रही स्पष्ट खाका र योजना सहित चुनावी मैदानमा उत्रिएकाले जनज्योतिका विद्यार्थीहरुले आफुहरुलाई अत्याधिक मत दिएर जिताउनेमा ढुक्क रहेको नेकपा एकिकृत समाजवादीका युवा नेता बालकृण्ण श्रेष्ठको भनाइ छ ।