जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा स्ववियु निर्वाचन सम्पन्न भएर नजिता पनि सार्वजनिक भइसकेको छ । नजिता अनुसार संगम श्रेष्ठको नेतृत्वमा रहेको नेपाल विद्यार्थी संघको प्यानलनै अत्याधिक मत सहित विजयी भएको छ । गत निर्वाचन विवादको बिचमा सम्पन्न भएपनि यो पटकको निर्वाचन भने शान्तिपूर्ण तथा विवादरहित तरिकाले सम्पन्न भएको छ । सो कलेजका प्रध्यापक विनोद तिमल्सिनाको संयोजकत्वमा रहेको निर्वाचन कमिटीले निर्वाचनलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न मद्धग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गरेको छ । संयोजक तिमल्सिनाले आफुहरुलाई क्याम्पस व्यवस्थापन समिति तथा विद्यार्थीहरुले विश्वास गरेर निर्वाचन गराउने जिम्मा प्रदान गरेकोमा आफुहरुले आफ्नो विवेकले भ्याएसम्म निष्पक्ष , विवादरहित तथा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गराएको बताए ।
‘निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने क्याम्पस व्यवस्थापन समिति, क्याम्पस प्रशासन , शिक्षक सहकर्मी , निर्वाचन कमिटीका सदस्यहरु , विद्यार्थी संगठन , राजनैतिक दल, सुरक्षाकर्मी, संचारकर्मी, विद्यार्थीहरु , नागरिक समाज लगायत हामीलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सबैप्रति हामी सबैप्रति आभारी छौं’ उनले भने, ‘सबैको साथ सहयोगले हामीले निर्वाचन सम्पन्न गराउन सफल भयौ । यसको श्रेय सबैलाई जान्छ ।’ उनले यसरी संयोजकको रुपमा निर्वाचन सम्पन्न गराएको पहिलो अनुभव भएपनि सबैको सहयोगबाट सहजै सम्पन्न गराउन सफल भएकोमा खुसी व्यक्त गर्दै निर्वाचनमा विजयी हुने , सहभागी हुने सम्पूर्णलाई बधाई दिए ।
जिल्लाको एकमात्र स्ववियु निर्वाचन हुने र सबै राजनिति दलको चासो रुपमा रहेको जनज्योति बहुमुखी क्याम्पसका शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन सफल भएको संयोजक तिमल्सिना र उनको टिमको चौतर्फी प्रशंसा भइरहेको छ ।