रौतहटको फतुवा विजयपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले वडा अध्यक्षहरुबाट सहयोग भएपनि कार्यवाहक मेयर अमवेया खातुनबाट असहयोग भएको गुनासो गर्नुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज २६ गते नै फतुवा विजयपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव प्रधानलाई जिम्मेवारी दिएर पठाएको थियो । गएको कार्तिक २ गते फतुवा विजयपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत उपसचिव प्रधान हाजिर हुनुभएको थियो । नगरपालिकाका कार्यवाहक मेयर खातुन सहित केहि वडाअध्यक्षहरुले तत्कालिन समयमा कार्यालयमा स्वागत गरेपनि अहिले भने असहयोग गरेको उहाँले बताउनुभयो । कार्यवाहक मेयरको सहयोगमा आफुले फतुवा विजयपुर नगरपालिकाको कार्यालयमा हाजिर गरेपनि अहिले आफ्नो स्वार्थका लागि असन्तुष्ट जनाउँदै असहयोग गरेको उहाँले दावी गर्नुभएको छ । तत्कालिन समयमा केहि वडाअध्यक्षहरुले असन्तुष्ट जनाएपनि अहिले सवैबाट सहयोग भएपनि कार्यवाहक मेयरबाट मात्र असहयोग भएको उहाँले दावी गर्नुभयो । कार्यवाहक मेयर खातुनको कार्यशैलीबाट अधिंकाश वडाअध्यक्षहरु पनि रुष्ट रहेको उहाँको भनाई छ । हरेक काममा वाधा पु¥याउने कार्यवाहक मेयरको शैलिबाट पालिकाको काम प्रभावित हुँदै अस्तव्यस्त वनेको उहाँले जिकिर गर्नुभयो । फतुवा विजयपुर नगरपालिकामा नेपाली कांग्रेस पार्टीका मेयर, उपमेयर, ७ जना वडा अध्यक्ष र ८ जना मनोनीत गरी १७ जना र अन्य दलका ४ जना वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत गरी कुल २१ जना नगर कार्यपालिका बोर्डका सदस्य छन् । तर कार्यवाहक मेयर खातुनको भुमिका महत्वपुर्ण हुने भएपनि सवै वडाअध्यक्षलाई छलफल वा सहमति गरेर अघि बढाउन नसकेको उहाँले जिकिर गर्नुभयो । नगर कार्यपालिकाको वैठक राख्न चासो नदिने तर जथभावी रुपमा प्रमुख प्रशासकीय अधिकृत सहित वडाअध्यक्षहरुबाट असहयोग भएको भन्दै टिकाटिप्पणी गर्नु गलत भएको उहाँको भनाई छ । उहाँले कार्यपालिकाको बैठकबाट भएको निर्णयमा आफुले कुनै किसिमको वाधा वा अवरोध नगर्ने बताउनुभयो । कार्यवाहक मेयर खातुनले सार्वजनिक रुपमा असन्तुष्ट जनाउनु भन्दा पनि कार्यपालिकाको वैठकमा राख्न उहाँले सुझाव दिनुभयो । पालिकाको हरेक काममा जनप्रतिनिधिको भुमिका महत्वपुर्ण हुने भएकाले विवाद भन्दा पनि सेवामा ध्यान दिनु पर्नेमा उहाँले जोड दिनुभयो । पालिकाको वहुमत कार्यपालिका सदस्यले सहयोग गर्दै आएको भएपनि कार्यवाहक मेयर खातुनले मात्र असहयोग गरेको उहाँले बताउनुभयो । विशेषगरी ः नगरपालिकाकी कार्यवाहक मेयर खातुन असहयोगका कारण सहज रुपमा काम गर्न नसकेकाले आफुलाई जथाभावी दोष दिदै आएको प्रति गम्भिर ध्यानकर्षण भएको उहाँको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत प्रधानले पालिका अस्तव्यस्त भएको अवस्थामा जिम्मेवारी सम्हालेको उल्लेख गर्दै अहिले कार्यवाहक मेयर खातुन वाहेक सवैको साथ र सहयोग पाएको बताउनुभयो । यस पालिकाको विकास तथा योजनाका काममा आफनो अवरोध नरहने र नियामनुसार काम गर्ने उहाँले जिकिर गर्नुभयो । कार्यवाहक मेयर खातुनले जिम्मेवारी पूर्वक काम नगरेका कारण फतुवा विजयपुर नगरपालिकाका कर्मचारीले तलव नपाएको उहाँले उल्लेख गर्नुभयो । फतुवा विजयपुरको शिक्षक कर्मचारी सहित ३५० भन्दा बढीले विगत ९ महिना देखि तलब पाएका छैनन् भने पालिकाकोे आर्थिक कारोबार ठप्प हुँदा विकास निर्माणको काम प्रभावित भएको छ । यदपी नगर सभा र समाजिक सुरक्षा भता वितरणमा भने आफुले अहम भुमिका खेलेको उहाँको दावी छ । फतुवा विजयपुर नगरपालिकाले लिएको योजना र लक्ष्यलाई आफनो तर्फबाट हुने सहयोगमा कमी नगर्ने उहाँले बताउनुभयो ।यस कार्यालयबाट हुने सेवाप्रवाहमा कुनै किसिमको समस्या हुन दिनका लागि सवैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको उहाँले औल्याउनुभयो । सुखी, समृद्ध र विकसित नगर बनाउने उद्देश्यका साथ नै यस कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेकाले सोहि अनुसार अघि बढ्ने र यसमा सवैको सहयोग आवश्यक पर्ने फतुवा विजयपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रधानले बताउनुभयो । फतुवा विजयपुर नगरपालिका वहुमत कार्यपालिका सदस्य कार्यवाहक मेयर खातुनको कार्यशैली प्रति असन्तुष्ट जनाउँदै आएका छन् । लालबकैया नदीको टेण्डरमा तत्कालीन मेयर गोपाल राय यादवलाई दोषी ठहर गर्दै विशेष अदालतले तीन वर्ष कैद र १५ लाख रुपैयाँ जरिबाना गरेपछि उपमेयर खातुनले कार्यवाहकको जिम्मेवारी पाउनुभएको हो ।