रौतहटको गौरबाट प्रकाशित हुँदै आएको मधेश भूमी दैनिक पत्रिकाको पहिलो बार्षिकोत्सवको अवसरमा निशुल्क आँखा शिविर गरिएको छ । नेपाल नेत्र ज्योती संघ र गौर आँखा अस्पताल पुरेनवाको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविरको संचालन गरिएको हो । शिविरमा ८३ जना पुरुष, ७७ जना महिला गरेर १६० जनाले आँखाको परिक्षण गराएका छन् । गौर आँखा अस्पताल आँखा स्वास्थ्य शिक्षा इकाईका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले ३७ जनालाई चश्मा र ६२ जनालाई औषधी निशुल्क रुपमा वितरण गरिएको जानकारी दिनुभयो । यसैगरी बार्षिकोत्सवको अवसरमा पत्रकारीताको क्षेत्रमा योगदान पु¥याउँदै आएका व्यतिmत्वहरुलाई सम्मान समेत गरेको छ । गौर नगरपालिका वडा नम्वर ३ स्थित गौर एकेडमीमा आयोजित बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश सभा सदस्य नागेन्द्र साहले करिव एक दर्जन भन्दा बढि संचारकर्मी एवं सहयोगीलाई प्रशंसा पत्र प्रदान गर्नुभएको थियो । सो कार्यक्रममा हाईवे न्यूज दैनिक गौरका प्रतिनिधि सत्येन्द्र प्रताप सिंह समेत सम्मानित हुनुभएको छ । पत्रकारीता क्षेत्रमा सिंहले पु¥याएको योगदानको उच्च मुल्याङ्गन गर्दै सम्मान गरेको मधेश भूमी पत्रिकाको प्रकाशक शिला कुमारीले जानकारी दिनुभयो । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश सभा सदस्य साहले पत्रकारिता जहिले पनि इमान्दारीका साथ गर्नुपर्ने र कसैप्रति पूर्वाग्रही नभई जनता प्रति उत्तरदायी भएर कलम चलाउन आग्रह गर्नुभयो । जनमत पार्टीका केन्द्रीय सदस्य विकास कुमार यादवले आवज विहिनको आवजका रुपमा संचारजगत हुनु पर्ने धारणा राख्नुभयो । संचार क्षेत्रले खेलेको भुमिकाको उच्च प्रशंसा गर्दै यहाँले समाज सुधारको पक्षमा शसतm भएर अघि बढ्न सुझाव दिनुभयो । सो कार्यक्रममा नेपाली काँग्रेस नगर समिति अध्यक्ष मोहन यादवले सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा, प्रेस चौतारीका अध्यक्ष उत्तम कुमार उपाध्याय, पत्रकार प्रभात कुमार झा सहितका संचारकर्मीहरुले मधेश भुमी पत्रिकाको सफलताको शुभकामना दिनुभएको थियो । उक्त कार्यक्रम प्रकाशक शिलाकुमारीको सभापतित्वमा सम्पन्न भएका थिए भने संचालन संचारकर्मी दिनेश संगमले गर्नुभएको थियो।