रौतहटको बृन्दावन नगरपालिका वडा नं.–३ विश्रामपुरको रामपुरटोलामा शनिवार देखि महाविर झण्डा मेला सुरु भएको छ । धर्म, कला संस्कृतिको जगेर्ना, मनोरञ्जन तथा आन्तरिक व्यापार व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले श्री महाविर झण्डा मेला समिति विश्रामपुरको आयोजनामा सुरु भएको हो । सो महाविर झण्डा मेलाको एक कार्यक्रमका बिच मधेश प्रदेश सभा सदस्य यूवराज भट्टराई (समिर) ले उद्घाटन गर्नुभएको छ । सो समारोहमा बोल्दै उहाँले धार्मिक परम्परालाई जोगाउनका लागि यहाँका बासीले गरेको कार्यको प्रशंसा गर्नुभयो । धार्मिक रुपमा यस मेलाको महत्व रहेको उल्लेख गर्दै उहाँले यस्ता किसिमका मेलाले व्यापार व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । एक फरक प्रंसगमा उहाँले जनमतबाट त्यस स्थानमा पुगेका जनप्रतिनिधि गाँउ गाँउमा पुग्नु पर्ने मान्यता अनुरुप आफु विश्रामपुर गाँउमा आएको बताउनुभयो । जनप्रतिनिधीले गरेको कार्यको मुल्याङ्गन गर्न सुझाव दिर्दै उहाँले निर्वाचनको समयमा गरेको वाचा र प्रतिवद्धता कतिको कार्यन्वयन भए÷नभएको मुल्याङ्गन गर्न आग्रह गर्नुभयो । बृन्दावन नगरपालिकामा आफुले प्रतिवद्धता गरेअनुसारको काम गरेको उल्लेख गर्दै गाँउमा देखिएको समस्य वा गुनासो भए निर्धक्क रुपमा आफु समक्ष राख्न उहाँले अनुरोध समेत गर्नुभयो । कार्यक्रममा वृन्दावन नगरपालिकाका मेयरका प्रत्यासी राम प्रसाद पटेल, प्रेम शंकर यादव, अतिथीहरुमा नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सदस्य अमित श्रेष्ठ, वडा नं. २ का वडा अध्यक्ष सिकेन्द्र पटेल, वडा नं. ५ का वडा अध्यक्ष फेकु दास, प्रदेश सदस्य रामप्रसाद पटेल, वडाका प्रत्यासी मंजित मन्सुर, ईद महमद, प्रभु पटेल, सिताराम पटेल, नेकपा माओवादी केन्द्रका नगर सचिव रामवावु पटेल लगायतको आतिथ्यता रहेको थियो । वृन्दावन नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष हरि नारायण साहको अध्यक्षतामा भएको उतm कार्यक्रममा विभिन्न राजनितिक दलका पाटी प्रतिनिधि, स्थानिय धार्मिक अगुवा तथा समाजसेवी लगायतको उपस्थिती रहेको थियो । झण्डा मेलामा कलात्मक भगवान राम र सीता सहितको प्रतिमा निर्माण गरिएको छ भने बजरंगबलीको प्रतीक कलात्मक १५ खण्डको झण्डा दर्शनका लागि स्थापना गरिएको छ । त्यसैगरी मेलामा स्थानीय स्तरमा उत्पादन भएका कृषि तथा भौतिक सामाग्रीको बिक्री तथा प्रदर्शनको साथै सांस्कृतिक कार्यक्रम, र मनोरञ्जनका लागि विभिन्न खेल तमासा,सर्कस,मौतका कुवा,रामहिलोरा झुला,ब्रेकडान्स झुला,बच्चाहरुको लागि झुलाको व्यवस्था गरिएको छ । मेला भर्न आउने छिमेकी गाँउहरुबाट समेत दर्शनार्थीहरुको आउने अपेक्षा आयोजकले गरेको छ ।