रौतहटको चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीले नगरको विकासमा सदैव आफनो साथ र सहयोग रहेको बताउनुभएको छ । यस पालिकामा आर्थिक तथा प्रशासनिक कार्यमा सुधार गर्दै आएको उल्लेख गर्दै उहाँले सेवाग्राहीले सहज रुपमा कार्यालयबाट सेवा पाउने गरेको बताउनुभयो । चन्द्रपुर नगरपालिकाको कार्यकक्षमा शुक्रबार संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले पालिकाको विकासमा लागि आफुले जनप्रतिनिधिसंग समन्वय गर्दै अघि बढेको बताउनुभयो ।यस पालिकाको विकास तथा योजनाका काममा आफनो अवरोध नरहने र नियामनुसार काम हुने समेत उहाँले स्पष्ट पार्नुभयो ।कार्यालयबाट हुने सेवाप्रवाहमा कुनै किसिमको समस्या नहुने बताउँदै उहाँले सवैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको औल्याउनुभयो । ‘चन्द्रपुर नगरपालिका अन्र्तगतका सबै कार्यालयहरुबाट पाउने सेवाहरुमा नागरिकलाई सहज पहुँचको व्यवस्था मिलाएका छौं’ उहाँले भन्नुभयो, ‘कार्यालयबाट सेवाको लागि नागरिकले अनाश्वयक झण्झट बेहोर्नु नपरोस् भनेर हामी योजनावद्ध ढंगले लागेका छौं । हाम्रा सबै कार्यालयहरु सेवाग्राहीमैत्री बनाउन हामी लागिपरेका छौं ।’
सेवा लिने क्रममा कुनै कर्मचारीले अनावश्यक दुःख दिएमा सिधैं आफुलाई गुनासो गर्न उहाँले अपिल गर्नुभयो । चन्द्रपुर नगरपालिकाको कार्यालयबाट हुने हरेक किसिमका कामहरु पारदर्शी तरिकाले हुने उहाँले दावी गर्नुभयो । चन्द्रपुर नगरपालिकाले लिएको योजना र लक्ष्यलाई आफनो तर्फबाट हुने सहयोगमा कमी नगर्ने उहाँले बताउनुभयो । सुखी, समृद्ध र विकसित नगर बनाउने उद्देश्य अनुसार नै प्रमुख प्रशासकीयको जिम्मेवारीबाट काम गर्दै आएको बताउनुभयो । उहाँले जनप्रतिनिधिहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो । ‘नियम र कानूनले दिएसम्म हामी कर्मचारीहरु जनप्रतिनिधीहरुलाई अधिकतम सहयोग गर्न तयार छौं’ उहाँको भनाइ छ, ‘हामी कर्मचारीहरु जनप्रतिनिधी र जनता बीचको पुलको काम गरिरहेका छौं । कर्मचारीले राम्रो काम गरे त्यसको जश जनप्रतिनिधीले र फाइदा जनताले लिनुहुन्छ ।’
उहाँका अनुसार नगरपालिकाले महत्वकांक्षी योजनाको रुपमा रहेको विद्युतीय सवारी साधन चार्जिङ स्टेशनको निर्माणको काम पुरा गरी संचालनमा ल्याईएको छ । उहाँले विद्युतीय सवारीको साधनको माग बढ्दो अवस्थामा रहेकाले यहाँ चार्जिङ स्टेशन आवश्यक रहेको औल्याउनुभयो । चार्जिङ्ग स्टेशनमा कम्पाउण्डवाल, आधुनिक बिधुतीय गाडी चार्ज हुने, प्रतिक्षालय, बालबालिकाको लागि खेल्ने स्थान, शौचालय लगायतका पुर्वाधार रहेको उहाँले जानकारी दिनुभयो । चार्जिङ स्टेशनमा एक सेटमा दुई ओटा विद्युतीय गाडी एकैपटक चार्ज हुनेछ । यस्तै ई–रिक्साका लागि ६ ओटा चार्जिङ प्वाइन्ट र दुईपांग्रे विद्युतीय सवारी साधनका लागि पाँच ओटा चार्जिङ प्वाइन्ट राखिएको उहाँले प्रष्ट पार्नुभयो । स्वदेशमा उत्पादित विद्युत्को आन्तरिक प्रयोग बढाउन र पेट्रोलियम पदार्थको खपत घटाउन विद्युतीय चार्जिङ स्टेशनले मद्दत पुग्ने उहाँले बताउनुभयो । चन्द्रपुर क्षेत्रभित्रका विद्युतीय सवारी साधन र यस क्षेत्रको राजमार्ग हँुदै चल्ने यस्ता सवारीसाधनलाई उक्त चार्जिङ सेन्टरले धेरै सहज हुनेछ । विद्युतीय चार्जिङ सेन्टर निर्माण भएपछि विद्युतीय सवारीसाधनको प्रयोग बढ्ने उहाँले विश्वास व्यतm गर्नुभयो । नगरका अन्य महत्वकांक्षी योजनामा आफुले ध्यान दिएको र जनप्रतिनिधिसंग समन्वय गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।
‘चन्द्रपुर नगरपालिकालाई सुशासनले भरिएको विकसित नगर बनाउन हामी सबै लागिपरेका छौं’ उहाँले भन्नुभयो , ‘यस अभियानमा सरोकारवाला सबैले हातेमालो गर्नुपर्छ । हाम्रो चन्द्रपुर राम्रो चन्द्रपुर बनाउनुपर्छ ।’