बीरगंज ९ साउन ।
देशको प्रमुख भन्सार नाका वीरगंजबाट आर्थिक बर्ष ०८२/०८३ मा २ खर्ब ३८ अर्ब ५६ करोड मुल्य बराबरको इन्धन आयात भएको छ ।
गत आर्थिक बर्ष ०८१/०८२ को तुलनामा ४६ अर्ब ६३ करोड बढिको इन्धन आयात वीरगंज नाकाबाट भएको भन्सार तथ्यांकले देखाएको छ ।
गत आर्थिक बर्ष ०८१/०८२ मा वीरगंज नाकाबाट १ खर्ब ९१ अर्ब ९३ करोड मूल्यबराबरको ईन्धन आयात भएको थियो ।
वीरगंज भन्सार नाकाबाट आर्थिक बर्ष ०८२/०८३ मा १ खर्ब ३२ अर्ब ३४ करोड मुल्य बराबरको डिजेल आयात भएको छ भने सो अबधिमा ४७ अर्ब ३५ करोड मुल्य बराबरको पेट्रोल आयात भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिएका छन े ।
त्यसैगरी वीरगंज नाकाबाट एक बर्षको अबधिमा ३३ अर्ब ४२ करोड मूल्य बराबरको खाना पकाउने एल.पी ग्याँस आयात भएको छ भने सो अबधिमा २३ अर्ब ६२ करोड मूल्य बराबरको हवाई इन्धन आयात भएको छ । त्यसैगरी कीरगन्ज नाकाबाट ३७ करोड मूल्य बराबरको मट्टितेल आयात भएको प्रमुख भन्सार प्रशासक मैनालीले बताएका छन े ।
गतबर्षको तुलनामा इन्धन आयात मध्ये एल पी ग्याँस आयात कम भएको छ । गतबर्षको तुलनामा चालु आर्थिक बर्ष ०८२/०८३ मा २ अर्ब ८५ करोड मुल्य बराबरको खाना पकाउने एल पी ग्याँसको आयात कम भएको भन्सार तथ्यांकले देखाएको छ ।
वीरगंज नाकाबाट गतबर्ष ०८१/०८२ मा ३६ अर्ब ३७ करोडको एल पी ग्याँस आयात भएको थियो । इन्धनको आयातबाट आर्थिक बर्ष ०८२/०८३ मा वीरगन्ज भन्सारले ८० अर्ब ६८ करोड राजश्व सकलन गरेको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिएका छन े ।