रौतहटको चन्द्रनिगाहपुरमा बैक, लघुवित तथा सहकारी संस्थाको विरोधमा चेतवानी स्वस्रुप वहृत हडिया जुलुस निकालिएको छ । राष्ट्रि राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान मधेश प्रदेशको आयोजनामा विभिन्न नारा अंकित प्ले कार्डड सहित जुलुस निकालिएको हो । उतm जुलुसले चन्द्रपुर नगर परिक्रममा गरेको थियो । हाम्रो बचत फिर्ता गर, ६% ठुला वैकको व्याज कायम गर, २० लाख सम्मको ऋण , लघुवित सहकारी संस्था खारेज गर लगायतका नारा लगाउदै नगर परिक्रिममा गरेको हो । जुलुसमा उल्लेखनिय मात्रमा महिलाको सहभागिता रहेको हातमा हाडिया वोकेर विरोध गरेका हुन् । बैक, लघुवित तथा संस्थाको विरोधमा विगत १८ महिना देखि कार्यक्रम गर्दै आएको समितिका रौतहट अध्यक्ष श्री भगवान साहले बताउनुभयो । वैक तथा लघुवितको चर्को व्याजका कारण समस्या परेकाले वाध्य भएर सडकमा आउनु परेको उहाँको भनाई छ । वितिय संस्थाको व्याजदर घटाउनका लागि नै दवाव स्वरुप आन्दोलनका कार्यक्रम गरिएको उहाँको भनाई छ । काठमाण्डौमा मंसिर ७ गते हुने वृहत सभाका लागि आह्वानमा यो जुलुस तथा सभा गरिएको उहाँले जानकारी दिनुभयो । सो सर्घष समितिको यातयात विभाग प्रमुख सानु गुर्मछाने मगर, अभियानका सदस्य हरि पाठक, सोनम लामा, मनोज थापा, तुलसी राम लगायतको उपस्थिती रहेको थियो । भेलामा सहभागी वतmाहरुले बैक, लघुवित तथा सहकारी संस्थाको चर्को व्याजको विरोध गरेका हुन् ।