रौतहट ,९ बैशाख //
रौतहटको बालचनपुरबाट कामको सिलसिलामा धादिङ गएका एक युवक एक महिनादेखि बेपत्ता भएका छन्। चन्द्रपुर १० बालचनपुर घर भएका ४३ वर्षीय भोला साह एक महिना देखि सम्पर्कविहीन भएको न्यु नेपाल साथि संगति युवा समुहले जनाएको छ।
न्यु नेपाल साथि संगति युवा समुहका युवा संजय बैठाका अनुसार जीविकोपार्जनका लागि टिभी तथा रेडियो मर्मत गर्ने काम गर्दै आएका साह यसपटक धादिङ पुगेका थिए।उनि यसअघि पनि कामका लागि बाहिर जाने र १–२ महिनामा घर फर्किन्थे। तर यसपटक भने लामो समयसम्म घर नफर्किएर सम्पर्कविहिन भएको परिवारले जनाएको छ।
श्रीमती रिनाकुमारी साहसहित उनका एक छोरा र तीन छोरी रहेका छन्। परिवारले अहिले विभिन्न माध्यमबाट खोजी कार्यलाई तीव्र बनाएको छ।
बालचनपुर धागीटोलस्थित “न्यू नेपाल साथी” सँग आवद्ध युवा समूहले पनि उनको खोजीका लागि सूचना सार्वजनिक गरेको छ। कसैले भेटेमा वा कुनै जानकारी पाएमा तुरुन्तै सम्पर्क गर्न अनुरोध गरिएको छ।
सम्पर्कका लागि:
९८०२९४६६८० संजय बैठा
९८१४२८६३१५ (धर्मेन्द्र)
९८४८७८२५१९ (धर्मेन्द्र – एनटीसी)
९८१५२१५३९४ (रुपेश)
