काठमान्डौ,९ बैशाख//
गृहमन्त्री सुधन गुरुङ ले पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायीसँग सेयर कारोबारमा मुछिएको आरोप लागेपछि उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष राजीनामा बुझाएका हुन्।
गुरुङले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। प्रधानमन्त्री शाहले पदभार सम्हालेकै दिन मन्त्रिपरिषद् गठन गर्दा गुरुङ गृहमन्त्री नियुक्त भएका थिए।
कार्यकालको सुरुवातमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चामा आएका गुरुङ पछिल्लो समय भने विभिन्न विवादका कारण आलोचनामा परेका थिए।
उच्च स्रोतका अनुसार रवि लामिछाने सँगको छलफलपछि उनले राजीनामा दिने निर्णय गरेका हुन्।
उनको राजीनामासँगै अब गृह मन्त्रालयको जिम्मेवारी कसले सम्हाल्ने भन्ने विषयमा चासो बढेको छ।