काठमान्डौ,६ जेठ//
नेकपा एमाले की सांसद यशोदाकुमारी बरालले हुम्लाको चंखेली गाउँपालिकामा गएको भीषण पहिरोका पीडितलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् ।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा बोल्दै सांसद बरालले प्राकृतिक विपत्तिका कारण भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
चंखेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति गएको पहिरोले विद्यालय, बस्ती र खेतीपातीमा ठूलो क्षति पुर्याएको जानकारी दिइन् ।
‘भीषण पहिरोका कारण विद्यालय र गाउँबस्तीमा ठूलो क्षति पुगेको छ, सरकारले प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो राहतको प्रवन्ध मिलाउनुपर्छ,’ उनले भनिन्,