काठमान्डौ,६ जेष्ठ //
नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसतै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला १ सय २५ रुपैयाँले घटेर ४ हजार ९ सय ६० रुपैयाँमा झरेको छ । हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार ८५ रुपैयाँ रहेको थियो ।