काठमाडौँ, असार २४ गते । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यसैगरी सरकारले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गरेको छ।
शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बुधबारको मन्त्रिपरिषद् बैठकले दुई महत्वपूर्ण नियुक्तिसहित आठ निर्णय गरेको हो।
मन्त्रीपरिषद बैठकका आठ निर्णय
काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त,
गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति,
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली २०८३ स्वीकृत,
शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र (व्यवस्थापन नियमावली) २०८३ स्वीकृत,
कारागार नियमावली २०८३ स्वीकृत,
मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना स्वीकृत,
भ्रष्टाचार विरुद्धको दोस्रो रणनीतिक योजना स्वीकृत, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने।