मौलापुर । मेयर प्रत्यासी कप क्रिकेट प्रतियोगिता सिजन–२ अन्तर्गत सोमबार सम्पन्न खेलमा वडा नम्बर १ मर्यादपुरले मौलापुर–३ गमहरियालाई फराकिलो रन अन्तरले पराजित गरेको छ।
खेलमा टस जितेर गमहरियाले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको मर्यादपुरले निर्धारित १६ ओभरको खेलमा अलआउट हुँदै १६२ रन बनाएको थियो। १६३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको गमहरियाको टोली ८१ रनमै अलआउट भएपछि मर्यादपुरले खेल आफ्नो पक्षमा पारेको हो।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका मर्यादपुरका सुनिल पाण्डे म्यान अफ द म्याच घोषित भए। उनले आकर्षक छक्का प्रहारसहित उत्कृष्ट प्रदर्शन गरेका थिए। उनलाई अनिल कुमार यादवले म्यान अफ द म्याचको पदक प्रदान गरेका थिए।
प्रतियोगिताका आयोजक मौलापुर नगरपालिकाका मेयर प्रत्यासी रामकल्याण यादवले विजेता टोली मर्यादपुरलाई बधाई दिँदै म्यान अफ द म्याच सुनिल पाण्डेलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरेका छन्।