तहट,१७ फागुन//
रौतहटको चन्द्रपुर नगरपालिका–६ मा विभिन्न राजनीतिक दलका नेताहरुले आफ्नो पार्टी परित्याग गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
पार्टी प्रवेश गर्नेहरूमा नेपाली काँग्रेसका युवा नेता आशिष कुश्वार, जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कमिटीका युवा नेता दिपक बस्याल, बिनिता अधिकारी लगायत विभिन्न पार्टीसँग आवद्ध अन्य स्थानीय नेताहरु रहेका छन्।
एक विशेष कार्यक्रमका बीच उनीहरुलाई नेकपाका नेताहरुले पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै नवप्रवेशी नेताहरुले देशमा राजनीतिक स्थिरता, सुशासन र विकासका लागि नेकपा उपयुक्त विकल्प भएको विश्वास व्यक्त गरेका थिए। उनीहरुले अब पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई जनस्तरसम्म पुर्याउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा नेकपाका स्थानीय तथा जिल्ला स्तरीय नेताहरुको उपस्थिति रहेको थियो। पार्टी प्रवेशसँगै चन्द्रपुर–६ क्षेत्रमा नेकपाको संगठन थप मजबुत हुने विश्वास लिइएको छ।