काठमान्डौ,३ बैशाख//
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको लेखा समितिको सभापति नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो।
प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता भइरहेको छ। यसै सन्दर्भमा कांग्रेसले लेखा समितिको सभापतिमा मोहन आचार्यलाई अघि सार्ने तयारी गरेको छ।
यसैबीच नेकपा एमाले र नेकपाले पनि कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन्। नेकपाका प्रमुख सचेतक युवराज दुलालका अनुसार लेखा समितिको सभापतिमा कांग्रेस उम्मेदवारलाई सघाउने सहमति भएको हो।