बारा ,३ बैशाख//
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको प्रशासनिक नेतृत्व सुदृढ गर्ने क्रममा २३ जना उपसचिवहरूको सरुवा गरेको छ।
यसै क्रममा सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नवराज अधिकारीलाई पठाइएको छ। उनी यसअघि रक्षा मन्त्रालयमा कार्यरत थिए। लामो समयदेखि प्रशासनिक अन्योल झेलिरहेको सिम्रौनगढमा उपसचिवस्तरको नेतृत्व आएपछि विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा गरिएको छ।
त्यसैगरी पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी श्रीधर पन्थीलाई दिइएको छ। पन्थी यसअघि सोही संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत थिए।