‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत नेकपा (माओवादी केन्द्र) रौतहटले विभिन्न कार्यक्रम गर्दै आएको छ । जिल्लाका विभिन्न स्थानमा भेला, प्रशिक्षण र गठन लगायतका कार्यलाई माओवादीले तिव्रता दिएको हो । घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नाराका साथ नेकपा (माओवादी केन्द्र) चन्द्रपुर टोल टोलमा पुगेको छ । टोल टोलमा रहेका मतदातासँग भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराउने गरेको केन्द्रिय सदस्य यूवराज भट्टराई (समिर) ले बताउनुभयो । माओवादी जनताको बीचमा रहेको सन्देश दिनका लागि पनि यो अभियानको उदेश्य रहेको उहाँको भनाई छ । मधेश प्रदेशमा माओवादी पाटीमा प्रवेश गर्नेको संख्या बढेको उल्लेख गर्दै २०८४ मा मधेसमा ने.क.पा. (माओवादी केन्द्र) पहिलो पार्टी बन्ने उहाँले दावी गर्नुभयो । पछिल्लो समयमा विभिन्न पाटीमा रहेका नेता तथा कार्यर्तामा असन्तुष्टी बढ्दै गएको र माओवादी केन्द्र प्रति आर्कषित भएको उहाँको भनाई छ । यस अभियानका क्रममा विभिन्न पाटी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेको संख्या बढेको उहाँले उल्लेख गर्नुभयो । अभियानमा पार्टीका सबै जनवर्गीय संगठन, नेता, कार्यकर्ताहरु अग्रसर गराईएको उहाँले बताउनुभयो । भदौ १६ गतेदेखि सुरु भएको यो अभियान तीन महिन सम्म रहने छ ।