रौतहटको झुनखुनवा चोकमा रहेको एक सुन चाँदी पसलमा चोरी भएको छ । यमुनामाई गाउँपालिकाको ५ झुनखुनवा चोकमा रहेको न्यु मां जानकी ज्वेलर्समा गएराती चोरी भएको हो । पसलमा रहेको सुन, चाँदीका गरगहाना तथा नगद चोरी भएको पसल संञ्चालकले बताएका छन् । चाडपर्व नजिकदै गएको अवस्थामा चोरीको घटनामा बृद्धि भएको स्थानियले बताएका छन् । यस क्षेत्रमा रहेका पसल तथा घरबाट चोरले नगद सहित सरसामन चोरी गर्ने गरेको स्थानियको भनाई छ । चोरीका घटना बढ्दै गएकाले प्रहरीले गस्ति बढाउनु पर्ने माग स्थानियको छ । चोरीको घटनामा संग्लनहरुको खोजी कार्य भै रहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।