३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा रौतहटको चन्द्रनिगाहपुरमा ¥याली सहित विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता ,अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ मूल नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइएको हो । दिवसको अवसरमा विभिन्न संघ संसथा तथा अपाङ्गता भएका व्यतिmहरुले आईतबार चन्द्रनिगाहपुरमा ¥याली निकालेका छन् । चन्द्रपुर नगरपालिकाको राजमार्ग क्षेत्रमा विभिन्न प्ले कार्ड सहित निस्केको थियो । भौतिक संरचना र सञ्चार सेवाहरू अपाङ्गता मैत्री नभएका कारणले धेरै अपाङ्ता भएका व्यक्तिहरूको दैनिक जीवन कष्टकर भएको ¥यालीमा सहभागी स्थानिय दिपक श्रेष्ठले बताउनुभयो । उनीहरूले अन्यसरह सेवा सुविधा र अवसरहरू उपयोग गर्न नपाएको उहाँको भनाई छ । पूर्ण अशक्त, बौद्धिक, अटिजम, हेमोफिलिया, डाउन सिन्ड्रोम, श्रवण दृष्टिविहीन, मनोसामाजिक अपाङ्गता भएका व्यक्तिका लागि राज्यले शिक्षा र स्वास्थ्यसम्बन्धी सेवाहरू उपलब्ध गराउन नसकेको उहाँले बताउनुभयो । रोजगारी प्रवद्र्धन र रोजगारीका अवसरहरूमा अपाङ्गता भएका व्यक्तिको पहुँच बढाउन विशेष पहलहरू गर्नु जरूरी रहेको उहाँले औल्याउनुभयो । अपाङ्गता भएका बालबालिकाहरू अझै पनि विद्यालय बाहिर रहेका छन् भने विद्यालयमा पढ्दै गरेका बाल बालिकाहरूले पनि अझै अन्य व्यक्ति सरह समान रूपमा शैक्षिक गतिविधिमा सहभागी हुन नपाएको उहाँले जानकारी दिनुभयो । संयुक्त राष्ट्रसङ्घले सन् १९८१ लाई अपाङ्ग वर्ष घोषणा गरी विश्वव्यापी रूपमा मनाउन आह्वान गरेपछि बर्सेनि डिसेम्बर ३ मा संसारभर विश्व अपाङ्गता दिवस मनाउन सुरु गरिएको हो । अपाङ्गता भएका व्यक्तिका लागि आवश्यकताका आधारमा मापदण्ड अनुरुपको सहायक सामग्री वितरणका लागि ‘सहायक प्रविधि सामाग्री सेवासम्बन्धी राष्ट्रिय मापदण्ड २०७८’ जारी गरिएको भए पनि सरकारी संयन्त्रहरुमा नै यसको प्रयोग गरिएको पाइँदैन । तर अपाङ्गतासम्बन्धी नीति तथा कानुनको कार्यान्वयनमा समस्या र चुनौती देखिएका छन् । ३ डिसेम्बर तारिखका दिन विश्वभर अपाङ्गता दिवस विविध कार्यक्रम आयोजना गरी मनाईन्छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका अनुसार अपाङ्गता भएका व्यक्तिहरूको कुल जनसङ्ख्याको ८० प्रतिशत विकासोन्मुख देशमा रहेका छन् । विश्व बैंकका अनुसार विश्वका अति गरिब मानिसमा २० प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू पर्दछन् ।