रौतहटको कटहरिया नगरपालिकाका जनप्रतिनिधिले निर्माण कम्पनीले सडक ढलानको काम गुणस्तरहिन गरेको आरोप लगाएका छन् । कटहरिया नगरपालिका वडा नं. –५ मा निर्माण भै रहेको सडक ढलानका क्रममा निर्माण कम्पनीले लापरवाहि गरेको भन्दै जनप्रतिनिधिहरु असन्तुष्ट बनेका हुन् । सडक ढलानमा ढुंगा, बालुवाको मात्रा बढी र सिमेन्ट कम प्रयोग गरेको पाइएपछि काममा रोक लगाइएको हो । कटहरिया नगरपालिका वडा नं. ५ का वडा सदस्य वैद्यनाथ दासका अनुसार उतm सडक ढलानको काम आश्रय निर्माण सेवाले लिएको हो । तर निर्माणको ठेक्का लिएको कम्पनीले कामको गुणस्तरमा ध्यान नदिदा रोक लगाईएको उहाँले जानकारी दिनुभयो । सम्झौता अनुसार निर्माणको कार्य ठेकेदार कम्पनीले नगरेको भन्दै उहाँले आक्रोश व्यतm गर्नुभयो । आश्रय निर्माण सेवाले ठेक्का सकारेको उक्त योजनामा पेटी ठेकेदार उपेन्द्र बैठाले मापदण्ड विपरीत निर्माण सामग्री प्रयोग गरेको उहाँको आरोप छ । उहाँका अनुसार उक्त रौतहटको कटहरिया र मौलापुर नगरपालिकामा मात्र आश्रयले सघन सहरी कार्यक्रम अन्तर्गत वीरगंजबाट १० करोडभन्दा बढीको ठेक्का सम्झौता गरेको छ । शहरी विकासबाट मौलापुर नगरपालिका–८, सोनरनियामा नाला निर्माणका लागि १० करोडको ठेक्का सकार गरेको आश्रयले आफैँले काम नगरी पेटी ठेकेदार राजा गुप्तालाई कामको जिम्मेवारी दिएको छ । त्यहाँ पनि दुई नम्बरी इँटाको प्रयोग भइरहेको स्थानीयवासी बताउँछन् । कटहरियाको विभिन्न वडामा आश्रयले पेटी ठेकेदारमार्फत गराइरहेका काम मापदण्ड अनुसारको हुन नसकेको गुनासो स्थानीय स्तरमा छ । जसका कारण आश्रय निर्माण सेवा पनि बदनाम भएको स्थानियको बुझाई छ । सामान्य साधनस्रोत नभएका साना–साना ठेकदार मार्फत निर्माणको काम गराइरहेकाले मापदण्ड अनुसार काम नभएको स्थानियहरु बताँउछन् । मौलापुर र कटहरियामा भइरहेको कामको ल्याब टेस्ट गराउने र गलत ठहर भएमा कारवाही गर्ने सहरी विकास कार्यालय वीरगन्जका प्रमुख विनोद कुमार सिंहले प्रतिबद्धता जनाउनुभएको छ ।