रौतहटको वृन्दावन नगरपालिकाले समाजिक सुरक्षा भता बैक मार्फत बितरण भएकोले लिन लाभग्राहीलाई आग्रह गरेको छ । माछापुच्छे्र्र बैंक लिमिटेड मार्फत समाजिक सुरक्षा भता वितरण कार्य भै रहेकाले लिन लाभग्राहीलाई आग्रह गरेको हो । समाजिक सुरक्षा भता बुझ्न जाँदा बैंकको चेकवुक र नगारिकता÷बाल पोषण भताको हकमा जन्मदर्ता प्रमाणपत्र अनिवार्य लैजान नगरपालिकाले सुझाव दिएको छ । सोहि अनुसार सम्वन्धीत वडा तथा बैंकसंग समन्वय गरी आवश्यक कागजात लिई भता बुझन् जानुहुन सूचनामा भनिएको छ । माछापुच्छे्र्र बैंक लिमिटेडले जारी गरेको सूचना अनुसार माघ १५ गते सोमबार वडा नं. ९, माघ १६ गते वडा नं. ८, माघ १७ गते वुधबार वडा नं. ७, माघ १८ गते विहिबार वडा नं. ५ , माघ २१ गते आईतबार वडा नं. ६ , माघ २२ सोमबार वडा नं. ३ , माघ २३ गते मंगलबार वडा नं. १ माघ २४ गते वुधबार वडा नं. २ र माघ २५ गते विहिबार वडा नं. ४ मा वितरणको कार्यतालिका सार्वजनिक गरेको छ । जेष्ठ नागरिक, जेष्ठ नागरिक दलित, एकल महिला, विधवा, पूर्ण अपाङ्ग, अति अशतm अपाङ्ग, बालपोषणको भता पालिकाले बैठक मार्फत वितरण गर्दै आएको छ । यदी कसैले समाजिक सुरक्षा भता छुट हुन गएमा यथासिघ्र आवश्यक कागजात लिई नगरपालिका÷वडा कार्यालयमा व्यतिmगत तथा बैंक सम्वन्धी विवरण रुजु गराउनु हुन वृन्दावन नगरपालिकाले अनुरोध समेत गरेको छ । बृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीका अनुसार पालिकामा प्रमुख प्रशासकीय अधिकृत आएपछि समाजिक सुरक्षा भता वितरणमा जोड दिएको हो । पालिकामा प्रमुख प्रशासकीय अधिकृतको विवादका कारण समयमा नै भता वितरण गर्न नसकिएको प्रति चिन्ता व्यतm गर्दै उहाँले ढिलो गरी भएपनि वितरण थालिएको जानकारी दिनुभयो । केहि दिन अघि मात्र वृन्दावन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रन्जय पटेल कार्यालयमा हाजिर हुनुभएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वृन्दावन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएपछि पटेल कार्यालयमा हाजिर भएसंगै रोकिएको आर्थिक तथा प्रशासनिक कार्य भएको छ । चाड पर्वको समयमा पाउनु पर्ने समाजिक सुरक्षा भता ढिलो गरी पाएको लाभग्राहीहरुले बताएका छन् । वृन्दावन नगरपालिकाका अनुसार आर्थिक बर्ष ०८०÷८१ को पहिलो र दोस्रो त्रैमासिकको भत्ता बितरण भएका हो । माघ २५ गते सम्म तालिका अनुुसार समाजिक सुरक्षा भता बैकको शाखा कार्यालय हर्षाह मार्फत बितरण भएकोले सम्पर्क गर्न वृन्दावन नगरपालिकाले आग्रह समेत गरेको छ ।