मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहले प्रादेशिक अस्पताल गौरको सेवा प्रति असन्तुष्टि जनाउनुभएको छ । अस्पतालबाट पाउनु पर्ने सेवा र सुविधा यहाँको नगारिकले नपाएको भन्दै उहाँले दुख व्यतm गर्नुृभएको छ । प्रादेशिक अस्पताल गौरको अनुगमन तथा निरिक्षणका क्रममा उहाँले अस्पतालको व्यवस्थापन नै अस्तव्यस्त भएको बताउनुभयो । आफु यस अस्पतालमा अनुगमन गर्ने क्रममा कार्यालले सहयोगीले विरामीलाई सुई दिएको पाईएको उहाँले बताउनुभयो । अस्पतालमा कार्यालय सहयोगीलाई डिउटीमा राखेर कामै नगरी तलब खाने र जनताको स्वास्थ संग खेलवाड गर्ने काम धेरै समय देखि सुन्दै आएको तर अनुगमनका क्रममा देखिएको उहाँले प्रष्ट पार्नुभयो। प्रादेशिक अस्पतालमा विभिन्न फाँटमा चिकित्सक ,अहेव र नर्स भएपनि कार्यालय सहयोगीले सिरिन्ज दिएको प्रति उहाँले आक्रोश व्यतm गर्नुभयो । प्रादेशिक अस्पतालमा कर्मचारीलाई स्तर अनुसारको तलव सुविधा दिदै आएको भएपनि कार्यालय सहयोगीलाई मनोपरी गर्न दिनु लपारवाहिको पराकाष्ठ भएको उहाँले जिकिर गर्नुभयो । यस्ता किसिमका लापरवाहिले विरामी उपचारमा समस्या निम्तन सक्ने भन्दै व्यवस्थापनको कमजोरी भएको उहाँले बताउानुभयो । अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष अनवर हासमी र मेडिकल सुपरिटेन्डेन्ट डा .मुरारी ठाकुर यतिका कर्मचारी हुँदा –हुदै कार्यालय सहयोगीले बिरामीलाई सिरिन्ज किन दिएको भनेर भन्दै अध्यक्ष हासमी र डा. मुरारीलाई प्रश्न गर्नुभयो । यस पटकलाई सचेत गराएको उल्लेख गर्दै मन्त्री सिंहले अगामी दिनमा यस किसिमको दृश्य देखे त्यसको परिणाम नराम्रो हुने बताउनुभयो । अस्पतालमा आएको बिरामीलाई विभिन्न बहानामा अस्पताल कर्मचारी कै निर्देशनमा कमिशनको चक्करमा दलाल मार्फत निजि झोले क्लिनिकमा पठाउने गुनासो ,निजि ल्याबमा पठाउने ,निःशुल्क पाउने औषधि दिन आनाकानी गर्ने जस्ता गुनासो आएको बताउनुभयो । मधेश प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्रथामिकता दिएको उल्लेख गर्दै अस्पतालमा देखिएको समस्या सामधानका लागि प्रयासरत रहेको बताउनुभयो । चिकित्सक तथा नर्सको अभाव हुन नदिनका लागी आवश्यक प्रक्रिया अघि बढेको र सूचना वा विज्ञापन मार्फत माग पनि गरिने उहाँको भनाई छ । सो कार्यक्रममा अस्पतालका चिकित्सक तथा कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।