रौतहटको चन्द्रनिगाहपुरमा दुई दिने सहकारी सम्बन्धी अभिमुखीकरण गोष्ठी तथा प्रशिक्षण कार्यक्रम शुक्रबारबाट सुरु भएको छ । रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा सहकारी संघ संस्थाका ब्यबस्थापक र लेखा कर्मचारीलाई तालिम प्रदान गर्ने लागेको हो । सहकारी संघ, संस्थाका कानुन करको ब्यबस्था र आर्थिक बर्ष ०८०÷८१ को संशोधन बारे अभिमुखिकरण कार्यक्रम सुरु भएको संघका महासचिव देव बहादुर सापकोटाले बताउनुभयो । उहाँका अनुसार संघको ९ औ नियमित बैठकले तालिम गर्ने निर्णय गरेको हो । बैठकले सबै प्रकृतिका सहकारी संस्थाका ऋण फाँटमा कार्यरत कर्मचारीहरुलाई अनिवार्य उपस्थिति गराउने निर्णय गरे अनुसार सहभागी गराईएको उहाँले जानकारी दिनुभयो । यस किसिमको तालिम अहिले आवश्यता देखिएकाले दिईएको र तालिममा सिकेका कुरालाई व्यवहारमा ल्याउनु उहाँले सहभागीहरुलाई सुझाव दिनुभयो । सो कार्यक्रमका प्रमुख अतिथी करदाता सेबा केन्द्र चन्द्रनिगाहपुरका प्रमुख पिताम्बर न्यौपानेले सहकारी र करका बिषयमा आफनो धारणा राख्नुभएको थियो । यहाँका सहकारीले समयमा नै कर दाखिला गर्ने गरेको भएपनि केहिले ढिला गर्ने गरेको उहाँले उल्लेख गर्नुभयो । उहाँले समयमा कर तिर्न समेत सवैमा अनुरोध गर्नुभयो । सहकारी संस्था निति, नियम र विधानमा रहने भएकाले यसको पालना गरेकाहरुमा समस्या नआउने उहाँको तर्क छ । सहकारीले बचत तथा ऋणको कारोबार मात्र नगरी समाजिक कार्य समेत गरेकोमा प्रशंसा व्यतm गर्नुभयो । उहाँका अनुसार सहकारी मन्दिर भएकाले सर्वसाधरणले शेयर खरिद गर्ने र रकम बचत गर्ने भएकाले सुशासन र पारदर्शिता हुनु पर्दछ । यदी सहकारीको विधि, नियम र नितिको उल्लंघन भएमा समस्या आउन सक्ने भन्दै उहाँले सहकारीकर्मीलाई सचेत समेत गराउनुभयो । सहकारीका संचालक समितिका पदधिकारीले सहकारी ऐन वुझ्न जरुरी रहेको उहाँले औल्याउनुभयो । संघका सचिब बसन्त आचार्यले स्वागत मन्तब्य राख्नु भएको थियो भने उपाध्यक्ष रामबिश्वास पासवानले धन्यबाद दिनु भएको थियो । महासचिब देब सापकोटाले कार्यक्रम संचालन गर्नु भएको थियो भने संघका अध्यक्ष बिभु पोखरेलको अध्यक्षतामा कार्यक्रमको औपचारिक सत्र समापन भएको हो । तालिममा ४० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ । रौतहट बचत तथा ऋण सहकारी संघका अनुसार प्रत्येक महिनाको १० गते ११ः३० मा बस्ने नियम गत माघमा भएको थियो । सोहि अनुसार संघको बैठक बस्दै आएको समेत जनाईएको छ ।