नेपाल विद्युत प्रधिकरण बितरण शाखा चन्द्रनिगाहपुरलाई वालेट सेवा प्रदायक ई–सेवाले एक थान एलईडी टिभी उपल्वध गराएको छ । वालेट सेवा प्रदायक ई–सेवाको माध्यमबाट यस बितरण शाखाका ग्राहकले सजिलै बिजुलीको महसुल बुझाउन सक्दछन् । नेपाल विद्युत प्रधिकरण र ई–सेवाबिच भएको सम्झौता अनुसार विगत केहि बर्षदेखि यहाँको प्रधिकरणले अनलाईन भुतmानी सेवा दिदै आएको हो । सोहि क्रममा डिजिटल युगमा बिधुत वितरण केन्द्रको अनलाईन रकम असुली, जनचेतना कार्यक्रम लगायत अन्य कार्यहरुमा ई–सेवाले गरेको कार्यको प्रशंसा प्राधिकरण चन्द्रपुर शाखाले गरेको छ । नेपाल बिधुत प्राधिकरण चन्द्रपुर बितरण शाखा केन्द्र प्रमुख तथा इन्जिनियर धिरेन्द्र कुमार यादवले ई–सेवा ले १ (एक) थान एल.ई.डी.टिभी सहयोग गरेको बताउनुभयो । ई–सेवाले उपल्वध गराएको सहयोग सरहानिय रहेको उहाँले बताउनुभयो । यस किसिमको सहयोगले प्रधिकरणलाई सहयोग पुगेको उल्लेख गर्दै उहाँले सेवाग्राहिलाई डिटिजल रुपमा भुतmानी गर्न समेत सुझाव दिनुभयो । अवको युग डिजिटल र प्रविधिमैत्री भएकाले घरमा बसी बसी विद्युतको महशुल तिर्न सकिने उहाँको भनाई छ । यस किसिमको सेवाले ग्राहकलाई विद्युत महशुल भुतmानीमा सहज हुने र कार्यालयमा भिडभाड कम रहने उहाँले बताउनुभयो । ई–सेवाले उपल्वध गराएको टि.भी कार्यालयमा राखिने र ग्राहकलाई जनचेतना मुलक सन्देश प्रवाह गरिने उहाँले जानकारी दिनुभयो । विभिन्न काम विशेषले कार्यालयमा आएका ग्राहकले सचेतना मुलक सन्देश हेर्न पाउन सकिने उहाँले बताउनुभयो । ई–सेवाका मधेश प्रदेश बजार ब्यवस्थापक भुवन आचार्यले डिजिटल भुतmानीको पद्धती तथा प्राधिकरणका आवश्यक सूचना समेत प्रवाह गर्ने उदेश्यले टिभि हस्तान्तरण गरीएको जानकारी दिनुभयो । पछिल्लो समय यहाँका सर्वसाधरणले विधुत तथा खानेपानीको महशुल ई–सेवा वालेटबाट तिर्ने गरेका छन् ।