रौतहटको चन्द्रपुर नगर क्षेत्रमा संचालित ईलोक्ट्रोनिक रिक्साका चालकसंग ट्राफिक नियमका बारेमा ट्राफिक प्रहरीले अन्तरक्रिया गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले ई–रिक्सा तथा टेम्पो चालकहरुसंग ट्राफिक नियम र जरिवाना तथा कसुर लगायतका बिषयमा अन्तरक्रिया गरेको हो । कार्यक्रम चालक मजदुरहरुलाई , ट्राफिक नियमपालना र हुन सक्ने सवारी दुर्घटनाबाट बच्ने र बचाउने उपायहरुको बारेमा जानकारी गराइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरिक्षक सुशिल आचार्यले ई रिक्साबाट बढी मात्रामा नियम उल्लंघन भएको गुनासो आएपछि अन्तरक्रिया गरिएको बताउनुभयो । प्राय कतिपय ईरिक्सा चालकलाई ट्राफिक नियमका बारेमा अन्यौल रहेको पाईएकाले प्रष्ट पार्नका लागि यो अन्तरक्रिया गरिएको उहाँले जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रममा ईरिक्सा चालकले समेत आफनो समस्या राखेका हुन् । फागुन १७ गते चन्द्रपुर न.पा.–६ स्थित स्व. शेर वहादुर दर्लामी खेल मैदानमा १ सय ५५ जना ई–रिक्सा र टेम्पो चालकहरु संग अन्तरक्रिया गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।