रौतहटको चन्द्रपुरमा नगर स्तरीय वडा अध्यक्ष फुटवल कप– २०८० शुक्रबारबाट सुरु भएको छ । चन्द्रपुर नगरपालिका वडा नं. ४ को अयोजनामा तथा नेपाल खेलकुद क्लवको ब्यवस्थापनमा फुटवल प्रतियोगिता सुरु भएको हो । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले एक कार्यक्रमका बिच उतm खेल प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । सो कार्यक्रममा वोल्दै उहाँले खेलकूदको हबको रुपमा विकास गर्न र दक्ष खेलाडी उत्पादन गर्न यो प्रतियोगिताले सहयोग पुग्ने उहाँले बताउनुभयो । यहाँका चेलीले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएको उल्लेख गर्दै उहाँले खेलाडीका कारण पालिका समेत परिचित हुने धारणा राख्नुभयो ।उतm कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रहरी निरिक्षक सुशिल आचार्य, ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा प्रहरी निरिक्षक गायत्री शर्मा, विभिन्न राजनितिक दलका प्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।चन्द्रपुर नगरपालिका वडा नं. ४ को वडा अध्यक्ष रवी राना मगरको अध्यक्षतमा प्रतियोगिताको उद्घाटन सत्र समापन भएको हो । उहाँका अनुसार यहि फाल्गुन १८ गते देखि २८ गते सम्म तुल्सिलाल अमात्य स्मृती खेल मैदान ठाडाटोलमा प्रतियोगिता हुन्छ ।