रौतहट प्रहरीले फतुवा बिजयपुरबाट रसायनिक मल (यूरिया) बोकेको ट्रक सहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालको ग्रामिण भागमा रहेको सिमावर्ती नाकाहरुबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याउँदै गरेको सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा रसायनिक मल मल बरामद हो । ईलाका प्रहरी कार्यालय लक्ष्मिनिया रौतहटबाट परिचालन गरिएको प्रहरी टोलीले जिल्ला रौतहट फतुवा बिजयपुर न.पा.वडा नं. ८ बिजयपुर चोकमा आकस्मिक रुपमा चेक प्वाईन्ट खडा गरी बिभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी निरिक्षक झलक प्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार ना.३.ख ४६८० नं.को ट्रक रोकी चेकजाँच गर्दा उक्त ट्रकमापरालको भुष भित्र भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको मलखाद्य फेला परेको हो । उक्त ट्रक स्थानिय मानिसहरुको रोहवरमा चेकजाँज गर्दा अँदाजी मुल्य रु.४८ हजार ३००।–बराबरको ६९ बोरा युरिया मल खाद्य फेला परेको उहाँले जानकारी दिनभुाये । उक्त मलखाद्य, ट्रक र त्यस कार्यमा ट्रक चालक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि गौर भन्सार कार्यालयमा पठाईएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चितवन टाँडी नगरपालिका वडा नं.१३ बस्ने बर्ष ५६ को सुनिल दरै र ट्रक धनि रत्ननगर न.पा.वडा नं.१३ बस्ने बर्ष ५३ को गोबिन्द भुजेललाई पक्राउ परेका हुन् । केहिकाला बजारीहरुले किसानको रुपमा केही व्यक्तिहरुलाई परिचालन गरी यूरिया मलखाधहरु भारतबाट नेपालको ग्रामिण भागमा रहेको सिमावर्ती नाकाहरुबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राउने र गोप्य स्थानमा जम्मा गरेर गाडीमा लोड गरी अन्यत्र पठाउने गरेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो । यता ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले एक ट्याक्टर काठ दाउरा बरामद गरेको छ । बरामद गरिएको काठको मुल्य ५० हजार रहेको जनाईएको छ । काठ दाउरा र ट्याक्टर आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा पठाईएको र फरार भएका चालक लगायत संलग्न अन्य मानिसहरुको पहिचान गरी खोजतलास समेत भई रहेको प्रहरीले जानकारी दिएको छ ।