प्रभु साह नेतृत्वको आम जनता पाटी (आजपा) ले पाटीको संगठन निति तथा विधान विपरित कार्य गरेको भन्दै दुई नेतालाई कारवाहि गरेको छ । तत्कालिन आजपा पाटीका उप–महासचिव तथा पूर्व प्रदेश सभा सदस्य कुन्दन कुस्वाहा र आजपाका उपाध्यक्ष रामप्रीत रामलाई कारबाही गरेको हो । यहि फागुन १० गतेका दिन आजपाका नेता कुस्वाहा सहित नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले उप–महासचिव साह सहितका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउनुभएको थियो । आम जनता पार्टीका केन्द्रीय सदस्य अरविन्द कुमार यादव, सञ्जय कुमार साह (केन्द्रीय सदस्य आम जनता पार्टी), सरफलाल महतो, दीपक कुमार दुबे र सुरेन्द्र प्रसाद चौधरी नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । एमालेमा प्रवेश गरेपछि आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभूषण साहले शनिवार एक विज्ञप्ति जारी गर्दै उनीहरूलाई पार्टीबाट निष्कासन गरिएको जानकारी दिनुभएको हो । ‘हाम्रो गौरवशाली पार्टी आम जनता पार्टीले स्थापना कालदेखि नै जनपक्षीय मुद्दाहरूमा एकपछि अर्को सफलता हासिल गर्दै आम जनतामा ठुलो आत्मविश्वास एवं आशा जागृत गरिरहेको सन्दर्भमा देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरूले हामीमाथि निरन्तर हमला गरिरहेको विषय जगजाहेर नै छ । यसै बिच पार्टी निर्माणको गतिलाई अवरोध तथा आन्दोलनलाई घात पुग्ने गरी प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा पार्टी विरोधी अवाञ्छित गतिविधिहरूमा संलग्न रहेको विषय पुष्टि भएकोले रामप्रीत राम र कुन्दन कुशवाहालाई पार्टीबाट निष्कासन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ । तर एमालेमा प्रवेश गर्नुभएको कुस्वाहले नेकपा एमाले पार्टीको बिचार र सिद्धान्त आफुलाई मन परेकोले प्रवेश गरेको बताउनुभयो । यस अघि आफु यहि पार्टीमा रहेको र विविध कारण छाडेकाले हाल पुन ः एमालेमा नै प्रवेश गरेको उहाँको भनाई छ । मधेश प्रदेशमा एमाले पार्टी प्रति सवैको आशा र भरोसा रहेकाले यस पार्टीमा रहेर जनअपेक्षा अनुसार काम गर्ने योजनाका साथ प्रवेश गरेको उहाँले प्रष्ट पार्नुभयो । मुलुकको विकास र समृद्धि एमालेबाट मात्र सम्भव भएकाले पाटी प्रवेशमा गरेकाहरुको धारणा छ ।