उद्यमशिलता विकास तथा व्यवसायिक योजना सरसफाई सामग्री उत्पादन सहितको सिपमुलक तालिम चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । सफल बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा शुभ लक्ष्मी ल्यावोटिज वुटवल , रुपन्देहीको प्रविधिक सहयोगमा सिपमुलक तालिम भएको हो । यहि फागुन १३ गते देखि चन्द्रपुरको होटल अल्पाईनमा भएको सात दिने सरसफाई सामग्री उत्पादन तालिमको शनिवार समापन गरीएको छ । उतm कार्यक्रमको प्रमुख अतिथी मधेश प्रदेश सभा सदस्य यूवराज भट्टराई (समिर) ले यस सहकारीमा अवद्धता भएका महिलाहरुले उत्पादन गरेको सरसफाई सामग्रीको प्याकेजिङ्ग प्रशंसनिय रहेको बताउनुभयो । यसको गुणस्तरीयता मापन गरिसकेपछि बजारमा विक्रि गर्ने सकिने उहाँको भनाई छ । अहिले बजारमा यस किसिमको सामग्रीको माग उच्च भएकाले बजारीकरणमा समस्या नहुने उहाँको तर्क छ । यदपी आफुले समेत यसको बजारीकरणमा सहयोग गर्ने बताउनुभयो । महिलाले सिकेको सिपको उच्च कदर गर्दै उहाँले अव यसलाई सदुपायेग गर्न आवश्यक रहेको बताउनुभयो । सोहि कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष विभु पोखरेलले सहकारीले उत्पादनमा जोड दिएकोमा खुसी व्यतm गर्नुभयो । सहकारीमा आवद्धता महिलालाई यस किसिमको तालिम आवश्यक रहेको जोड दिदै उहाँले सिप सिकेर खेर नजाने भएकाले सदुपयोग तिर लाग्न सुझाव दिनुभयो । सोहि कार्यक्रममा चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटाले यहाँ सफल उद्योग दर्ता गरेर अघि बढेकोमा प्रशंसा व्यतm गर्दै संघले आवश्यक सहयोग गर्ने बताउनुभयो । उत्पादन मुलक सिप सिकेकाहरु संघमा जोडिएको भन्दै उहाँले खुसी व्यतm गर्नुभयो । यहाँ उत्पादित सामग्री देखेर गौरव महसुस भएकाले प्याकेजिङ्गमा कुनै किसिमको कमजोरी नरहेको दावी गर्नुभयो । स्वदेश वा आफनो गाँउ ठाँउमा उत्पादित सामग्रीको उपयोग गर्ने बानी बसाल्न उहाँले उपभोतmासंग आग्रह समेत गर्नुभयो । फर्निचर तथा फिनिसिङ्ग व्यवसायी प्रकाश तिमल्सिनाले आयतित सामग्री उपायोग गर्न सकेपनि निर्यात गर्ने नसकेकोमा दुख व्यतm गर्नुभयो । अव यस्ता किसिमका सामग्रीहरु उत्पादन गरी निर्यात गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । सम्भवताः अध्यायन गरेर यस किसिमको सामग्री उत्पादन सफल साकोसको जोड दिएको खुसी व्यतm गर्नुभयो । तयारी पोशाक संघका अध्यक्ष श्रीराम न्यौपानेले नगरले यस्ता कार्यक्रमलाई प्रोत्साहित गरेमा निर्यात गर्ने सकिने धारणा राख्नुभयो । सो कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि तथा पत्रकार लगायतको उपस्थिती रहेको थियो । उतm कार्यक्रममा सिप सिकेकी चन्द्रपुरकी स्वस्तीका ढकालले यहाँ सात दिन सिकेको सिप जिवन्त रहने बताउनुभयो । यस तालिममा सिप मात्र नभई व्यवसाय दर्ता, बजारीकरण र उद्यमशिलता बिषयमा सिक्ने अवसर पाएको बताउनुभयो । यहाँ सिकेका सिपलाई व्यवहारमा ल्याउन जरुरी रहेको औल्याउँदै उहाँले अव महिला उद्यमशिल बन्न आवश्यक रहेकोमा जोड दिनुभयो । उतm तालिममा हेण्ड वास, डिक्स, ट्वाईलेट क्लिनर, फिनेल र ग्यास क्लिनर उत्पादन गरिएको छ । तालिम अवधीभरमा ३ हजार ५ सय बोटल उत्पादन भएकाले सामग्री बजारीकरणको बारेमा छलफल गरिएको थियो । उतm कार्यक्रममा बोल्दै सफल बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष देवकी नेपालले उत्पादित सरसफाई सामग्रीको मुल्य र बजारीकरणको बिषयमा आवश्यक छलफल गरेर अघि बढ्ने बताउनुभयो । उत्पादन, बजारीकरण र उत्प्रेरक बिषयमा छलफल गरेर निर्णय लिईने उहाँको भनाई छ । यो सिप सिकेर हतियार बनाएपनि बजारीकरण विना असम्भव हुने भएकाले यसमा जोड दिन आवश्यक रहेको उहाँले औल्याउनुभयो । विना स्वार्थ संस्थाको व्यवस्थापनले समन्वकारी भुमिका निर्वाह गर्ने र उत्पादित सामग्रीलाई केहि प्रतिशत राखेर बजारमा विक्रिका लागि पठाउने उहाँले प्रष्ट पार्नुभयो । सहकारीलाई उत्पादनसंग जोड्न आवश्यक भएकाले यो कार्य थालेको उहाँले बताउनुभयो ।अव एक महिना भित्रमा एनएस प्राप्त गर्ने योजनामा रहेको उहाँले जानकारी दिनुभयो । उहाँकै अध्यक्षतामा सो कार्यक्रम समापन भएको हो ।