आदिवासी जनजाती महासंघ चन्द्रपुरले सर्वाजनिक विदाको दिन विद्यालय खोलिएको प्रति गम्भिर ध्यानकर्षण भएको उल्लेख गरेको छ ।े चन्द्रपुर नगरपालिकाले ४२ औ मगर एकता दिवसको अवसरमा फागुन १५ गते सार्वजनिक विदा दिएको थियो । चन्द्रपुर नगरपालिकाले सूचनामा मातहतका सम्पुर्ण कार्यालयहरु बन्द रहने गरी विदा दिएकोमा सो विद्यालयले उल्लंघन गरेको महासंघको ठहर छ । यस बिषयमा ध्यानकर्षण भएको भन्दै महासंघका प्रतिनिधिले नगर उपप्रमुख जयमाला चौधरीलाई ज्ञापन पत्र बुझाएको हो नगरपालिकाले सार्वजनिक विदा दिएको दिन चन्द्रपुर नगरपालिका वडा नं. १ को श्री माध्यमिक विद्यालय गोपालकुटी खोलिएको प्रति ध्यानकर्षण भएको जनाएको हो । आदिवासी जनजाती महासंघ चन्द्रपुर नगर अध्यक्ष राजु धामी सहितको टोलीले ज्ञापन पत्र बुझाएको छ । उतm ज्ञापन पत्रमा नेपालको संविधान र कानुनले सुचिकृत गरेका आदिवासी जनजातिको आफनो परम्परा, तथा रीतिरिवाज, छुटै सांस्कृतिक पहिचान वनाउन आयोजना गरिने कार्यक्रममा नगरपालिकाले सार्वजनिक विदा दिएको अवस्थामा सोहि कार्यालय मातहत रहेको विद्यालयले वडा अध्यक्षको निर्देशनमा सो विद्यालयले संस्थनगत (व्यवस्थापन समिति) को निर्णय बाट विद्यालय संचालन गर्ने निर्णय गरेको प्रति ध्यानकर्षण भएको उल्लेख गरेको छ । महासंघले ज्ञापन पत्रको वोधार्थ ईलाका प्रशासन कार्यालय तथा ईलाका प्रहरी कार्यालयलाई समेत दिएको छ ।