प्रादेशिक सरकारी अस्पताल गौर नजिकमा रहेको गौर हस्पिटल प्रा.लीले विरामीलाई विभिन्न वहाना वा उपचारको नाममा ठग्ने गरेको पाईएको छ । गौर नगरपालिका वडा नं. ३ मा रहेको उतm हस्पिटलले नियम विपरित कार्य गर्दै आएको भएपनि कारवाहि नभएको सर्वसाधरणको गुनासो छ । निजि लागनीका खुलेको अस्पतालले सरकारी अस्पताल भन्दै विरामीलाई उपचार गराउने र पछि महँगो विल दिने गरेको गुनासो बिरामीहरुबाट नै आएको छ । गाँउ घरबाट आएका अनपढ. तथा केहि नजानेका बिरामीलाई यो अस्पतालले दुख दिने गरेको पाईएको हो । सरकारी अस्पतालको रुपमा रहेको गौर अस्पतालमा स्वास्थ्य सेवा लिन जाने बिरामीहरूलाई झुक्याएर अनुचित लाभ लिने उद्देश्यले जिल्ला अस्पतालको नामसँग मिल्ने खालको नाम राखेर उक्त हस्पिटल सञ्चालन गरिएकाले छानविन गरी कारवाहि गर्नु पर्ने माग स्थानिय शिवचन्द्र कुश्वाहले गर्नुभयो । उहाँका अनुसार मधेश प्रदेश सरकार मातहत रहेको प्रादेशिक अस्पताल गौरको मुख्य गेट अघि सञ्चालनमा रहेको गौर हस्पिटल प्रा.लीले बिरामीलाई ठग्दै आएको छ । गौर हस्पिटल प्रा.लिको दर्ता र नाम प्रक्रियाबारे छानबिन गर्न माग गरिएको उहाँको भनाई छ । स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्य राखेर अस्पताल सञ्चालन गर्न चाहँदा सदर अस्पतालबाट सहमति लिनुपर्ने प्रावधान रहेकोमा सो नलिइ एउटै नामबाट अर्को अस्पताल खोल्नु अवैधानिक मानिने उहाँको दावी छ । गौर नगरपालिका वडा नं. ३ मा रहेको गौर अस्पतालभित्र प्रवेश गर्ने मुख्य गेटदेखि पूर्व करिब ५० मिटरको दुरीमा मिल्ने नामको निजी अस्पताल खोल्न नमिल्ने जानकारहरु बताउँछन् । गौर हस्पिटल प्रा.लि.ले बाहिरबाट चिकित्सक बोलाएर उपचार गर्ने भन्दै चर्को शुल्क लिने गरेको समेत खुलेको छ । गौर हस्पिटल प्रा.ली घनश्याम साह, राधे श्याम साह र रामानन्द साहले सञ्चालन गर्दै आएको हो । गौर अस्पतालको नक्कल गरी खोलिएको अस्पतालमाथि छानबिन गर्नको लागि राजदेवी नगरपालिका वडा नम्बर ७ निवासी राकेश कुमार यादवले जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी समेत दर्ता गराउनुभएको थियो । दर्ता गराइएको उजुरीमा गौर हस्पिटल प्रा.लि के, कुन प्रक्रिया अपनाई दर्ता गराएको, कुन निकायबाट नाम राख्न सहमति लिएको, नेपाल सरकारलाई तिर्नुपर्ने कर तिरेको हो या होइन ?, लेखापरीक्षण गराएको हो, होइन सहितको सम्पूर्ण कागजात झिकाएर छानबिन गरी कारवाही गर्न उल्लेख गरिएको छ । तत्कालीन गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले गौर हस्पिटल प्रा.लि. सञ्चालनका लागि अनुमति प्रदान नगरेको जनाउनुभएको छ । गौर हस्पिटल प्रा.लिको विषयमा छानबिन गरी कानुनी कारबाही अघि बढाउन यहाँका अगुवाहरुले माग गरेका छन् ।