रमेश कुमार यादव
रौतहटको वृद्धावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मर्यादित रुपमा दिन आग्रह गर्नुभएको छ । यहि चैत १५ गतेदेखि सुरु हुने एसइई परीक्षाका लागि दुई वटा परीक्षा केन्द्र निर्धाण गरीएको उहाँले बताउनुभयो । दुई वटा परीक्षा केन्द्रमा परीक्षाको सम्पूर्ण तयारी पुरा भै सकेको उहाँले जानकारी दिनुभएको छ । उहाँका अनुसार नेपाल उच्च माध्यमिक विद्यालय, वरगजवा माध्यमिक परीक्षा केन्द्र तोकिएको छ । परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्ष रुपमा सम्पन्न गराउन उहाँले आग्रह समेत गर्नुभएको छ । यहि चैत १५ गतेदेखि सुरु हुने एसइई परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष तोक्नुका साथै उत्तरपुस्तिका कार्यालयमा र प्रश्नपत्र जिल्लास्थित जिल्ला प्रहरी कार्यालयमा पुगिसकेको शिक्षा बिकास तथा समन्वय एकाई रौतहटले जनाएको छ । शिक्षा विकास तथा समन्वय ईकाइ अधिकारी रामविनय सिंहले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला परीक्षा समन्वय समितिले निरीक्षण गर्ने बताउनुभयो । उहाँका अनुसार मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालय, शिक्षा विकास निर्देशनालय, शिक्षा तालिम केन्द्रलगायतका निकायलाई समेटेर प्रदेशस्तरीय अनुगमन टोलीले अनुगमन गर्नेछ । रौतहटमा ९ हजार ४६९ जनाले यस बर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने भएका छन् । यहाँ ३९ वटा परीक्षा केन्द्र निर्धारण गरीएको उहाँले जानकारी दिनुभयो । शिक्षा बिकास तथा समन्वय एकाई रौतहटले चैत्र १५ गते देखि हुन लागेको परीक्षाको तयारी पूरा भएको जनाएको हो । बिहिबारदेखि सुरु हुने एसईई परीक्षा चैत्र २७ गते मंगलबारसम्म सञ्चालन रहने कार्यतालिका छ ।मधेश प्रदेशको आठ जिल्लामध्ये सबभन्दा बढी विद्यार्थी धनुषामा र सव भन्दा कम सप्तरीमा परीक्षा दिने परीक्षार्थीको संख्या रहेको छ । धनुषामा ४८९ जना प्रविधिक तर्फका गरी १२ हजार २१४ जना विद्यार्थी एसईई दिने शिक्षा विकास निर्देशनालय जनकपुरले जनाएको छ । धनुषामा परीक्षार्थीका लागि ४३ वटा परीक्षा केन्द्र तोकिएको छ । यसै गरी सप्तरीमा नौ हजार ३२३ जना विद्यार्थी एसईईमा सामेल हुने भएका छन् । त्यस्तै, सिराहामा १० हजार ९२३, महोत्तरीमा नौ हजार ४३१, सर्लाहीमा १० हजार ८९६, बारामा नौ हजार ४४४ र पर्सामा १० हजार ६८ विद्यार्थीले एसईईमा सहभागी हुने छन् । मधेश प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ८१ हजार ७६८ जना विद्यार्थी सहभागी हुने भएको शिक्षा विकास निर्देशनालय जनकपुरले जनाएको छ ।