सर्लाहीको बागमती नगरपालिकामा फिल्म ‘मेयर’को छायांकन कार्य भइरहेको छ । वाग्मती नगरपालिकाका मेयर भरत कुमार थापाको जीवन सङ्घर्षमा आधारित फिल्म ‘मेयर’ को निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गर्नुभएको हो । फिल्म छायांकनका क्रममा कलकार निश्चल बस्नेत, स्वस्तीमा खड्का, लगायतकले मंगलबार बागमती इन्टरटेनमेन्ट प्र. लि. द्धारा संचालित साहासिक खेल को निर्माणधिन मानव निर्मित “भरत ताल“ मा मज्जा लिनुभएको छ । यो फिल्ममा अभिनेत्री वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, हरिहर शर्मा, रवीन्द्र झा, प्रकाश घिमिरे, रमेश बुढाथोकी, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतको समेत अभिनय रहको छ । यो सिनेमाबाट मेयर थापाकी छोरी अर्विशा थापाले डेब्यू गर्दैछिन् । श्रृष्टिमा खनाल र शर्मिला पाण्डे निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता दीपेन्द्र स्वयम् हुनुहुन्छ । यो फिल्ममा मेयरको भूमिकामा कलाकार तथा निर्देशक खगेन्द्र लामिछाने देखिनुहुनेछ । उहाँले फिल्मका लागि मेयर भरतकुमार थापालाई भेटेर आनीबानी र हाउभाउबारे अध्ययन गर्नुभएको थियो । यो फिल्मको छायांकन करीब एक महिनादेखि सर्लाहीको वाग्मती नगरपालिकामा भइरहेको छ । पटकथा प्रोडक्सनले निर्माण गर्ने यो फिल्मले सर्लाहीस्थित बागमती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्ष पेश गर्ने जनाइएको छ । कठिन परिस्थिति, घात प्रतिघातको बीचमा पनि संघर्ष गरेर समाजलाई आर्थिक, सामाजिक र शैक्षिकरुपमा कसरी राम्रो बाटोमा डो¥याउन सकिन्छ भन्ने विषयमा फिल्म आधारित हुने जनाइएको छ । निर्माण टिमका अनुसार फिल्मको केही छायांकन काठमाडौँ र सिन्धुलीमा भएको छ ।