मधेश प्रदेश सरकारका उद्योग बाणिज्य तथा पर्यटन मन्त्री यूवराज भट्टराई (समिर) ले समग्र पर्यटन क्षेत्रको लागि प्रतिवद्ध भएर काम गर्ने बताउनुभएको छ । मधेश प्रदेश पर्यटनको क्षेत्रमा उल्लेखनिय सुधार नभएको उल्लेख गर्दै उहाँले यसको विकासका लागि छुट्टै योजना बनाएर अघि बढ्ने बताउनुभयो । मधेश प्रदेशका जिल्लाहरुमा पर्यटकिय क्षेत्र प्रशस्त भएपनि यसको प्रचार प्रचार वा महत्व नवुझेकाले वाह्य पर्यटक खासै नआएको भन्दै अनाईलन पोटल वा एप्स मार्फत जानकारी दिने तयारी थालेको उहाँले जिकिर गर्नुभएको छ । रौतहट क्षेत्र नं. ४ (क) का मधेश प्रदेश सभा सदस्य रहनुभएको भट्टराई मन्त्री भएपछि शुक्रबार विहान चन्द्रपुर नगरपालिकाले सम्मान तथा भेटघाट कार्यक्रम गरेको हो । सो कार्यक्रममा बोल्दै उहाँले पर्यटकिय क्षेत्र बनाएर मात्र नहुने भन्दै खर्च गर्ने थलो नभएको टिप्पणी गर्नुभयो । विदेशी पर्यटकका लागि पर्यटकिय क्षेत्रका गन्तव्य प्रशस्त भएपनि खर्चे गर्न मनोरञ्जन वा अन्य माध्यम भने नभएको गुनासो गर्नुभयो । यस बिषयमा आफनो ध्यानकर्षण भएको र अगामी दिनमा पर्यटन क्षेत्रमा सुधार आउने दावी गर्नुभयो । चन्द्रपुर नगरको पर्यटकिय क्षेत्र विकासमा लागि समेत आफ्नो सहयोग रहने वचन दिनुभएको छ । चन्द्रपुर नगरपालिका पर्यटकिय क्षेत्रको संम्भवना वोकेको नगर भएको उल्लेख गर्दै उहाँले धरान चतराको सम्म जोड्ने बाटो, निजगढ काठमाण्डौ द्रुतमार्ग र अन्तराष्ट्रिय विमानस्थल सहयोगी बन्ने धारणा राख्नुभयो । मधेश प्रदेश सरकारले कास्कीका पर्यटन व्यवसायीसंग अन्तरक्रियाको कार्यक्रम राखेकाले पर्यटकलाई यहाँ ल्याउने बिषयमा वृहत छलफल गरीने उहाँको भनाई छ । मन्त्री भट्टराईले अव आफु काम गर्ने स्थानमा पुगेकाले बोलेर भन्दा पनि काम गरेर देखाउने अठोट लिएको बताउनुभयो । चन्द्रपुर नगरपालिका राजनितिक तथा चेतनाको हिसावले विकशित भएपनि विकासका दृष्ट्रिकोणले उल्लेखिय नभएको धारणा राख्नुभयो । यहाँको विकासका लागि संघिय , प्रदेश र स्थानिय तह बिच समन्वय गरेर अघि बढ्नु पर्ने उहाँले बिचार व्यतm गर्नुभयो । यस बिषयमा तिनै तहका जनप्रतिनिधिहरु बिच पटक पटक छलफल भएको र अव सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । उहाँले यहाँ खुद्रे योजना भन्दा पनि थोक योजनाहरु ल्याउनु पर्ने बताउँदै त्यसका लागि आफनो तर्फबाट हुने सहयोग गर्ने बताउनुभयो । जनप्रतिनिधिको काम र क्रियाकलापबाट नै जनताले मुल्याङ्गन गर्ने भएकाले गरेका बाचा वा प्रतिबद्धता पुरा गर्दै लैजानु पर्ने उहाँले तर्क राख्नुभयो । विगतका जनप्रतिनिधिले गरेको कामको टिकाटिप्पणीमा ध्यान केन्द्रित नगरी आफनो कार्यकालमा राम्रो गर्न उहाँले सुझाव दिनुभयो । मधेश प्रदेशमा सुशासन र भष्ट्चारको विषय चुनौती रहेको र अझ आफुले सम्हालेको मन्त्रालय जिम्मेवारी पूर्ण भएको उहाँले बताउनुभयो । बारा पर्सा औधोगिक करिडोर र मधेश पर्यटक हव समेत भएकाले यसको विकासमा आफनो ध्यान केन्द्रित हुने मन्त्री भट्टराईले बताउनुभयो । सो कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले चन्द्रपुर नगरको विकासमा मधेश प्रदेश सरकारबाट आवश्यक सहयोगको अपेक्षा गरीएको बताउनुभयो । यहाँबाट प्रतिनिधित्व गर्दै मधेश प्रदेश सरकारका मन्त्री समेत हुनुभएको भट्टराई समक्ष नगर प्रमुख काफ्ले यहाँको पर्यटन विकासमा ध्यान दिन आग्रह गर्नुभयो । चन्द्रपुर नगरको विकासमा प्रदेशसंग सहकार्य गरेर अघि बढ्न आफु तत्पर रहेको समेत उहाँले उल्लेख गर्नुभयो । विशेष गरी बाग्मती नदिमा शवदाह स्थल नहुँदा समस्या भएको ध्यानकर्षण गराउँदै उहाँले व्यवस्थित शवदाह स्थल बनाउन मन्त्री भट्टराई मार्फत मधेश प्रदेश सरकारसंग अनुरोध गर्नुभएको छ । सो कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारीले नगरका योजना र विकासका कामका बारेमा अवगत गराउनुभएको थियो । उतm कार्यक्रममा चन्द्रपुर नगरपालिकाका उप प्रमुख जयमाला चौधरी, चन्द्रपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बलराम राउत, वडा नं. ४ का वडा अध्यक्ष रवी राना मगर, वडा नं. ६ का सहदेव के.सी, वडा नं. २ का दुत वहादुर थिङ्ग (वुद्ध) , वडा नं. ८ का वडा अध्यक्ष जितेन्द्र चौधरी, कार्यपालिका सदस्य , पालिकाका कर्मचारी तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा नगर प्रमुख काफ्लेले मन्त्री भट्टराईलाई सफल कार्यकालको शुभकामना सहित मायाको चिनो प्रदान गर्नुभएको हो । यसअघि नेकपा माओवादी केन्द्र चन्द्रपुर नगर कमिटिले मन्त्री भट्टराईलाई सम्मान गरेको थियो ।